तुलसीपुर,७ साउन । नेपाली कांग्रेसका सस्थापक तथा महामानव बिपी कोइरालाको ३८ औं स्मृति दिवसका अबसरमा तुलसीपुर उपमहानगरपालिका–१२ कचिलामा रहेको दिब्यज्योति बोर्डिङ स्कुलको प्राङगनमा वृक्षारोपन गरिएको हो ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रदेश नं. ५ का सांसद तथा बिद्यालय संचालक समितिका अध्यक्ष शंकर गिरीको नेतृत्वमा बृक्षारोपन गरिएको हो । त्यस अवसरमा शोक, धुमी सल्लो , गुलमोहरलगायतका २ दर्जन बढी बिरुवा रोपिएको हो ।
कार्यक्रममा बिद्यालयका अभिभावक तथा विभिन्न वडाका जनप्रतिनिधि तथा काङ्ग्रेस नेताहरुको उपस्थिती रहेको थियो ।
पूर्व जिल्ला बिकास समिति सदस्य तथा कांग्रेसका केशव आचार्य, नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्का, तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, १० का वडा अध्यक्ष कुमार लामिछाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, बिद्यालयका शिक्षक,कर्मचारी, अभिभावक तथा कांग्रेसका नेताहरुले बहुआयामिक ब्याक्तित्व बिपी कोइरालाले देखाएको बाटोमा अघि बढ्नुपर्ने बताउदै नेपालको राजनितिक तथा साहित्यिक मियोको रुपमा रहेका कोईरालाको योगदान चर्चा गरेका थिए ।
कार्यक्रमका सहभागीहरुलार्इ बिद्यालयका प्रधानाध्यापक मनोज आचार्य, पूृर्व प्राधानाध्यापक बिनोद बस्नेत, राजकुमार शर्मा, शिक्षक रोशन गिरीलगायतले धन्यवाद ज्ञापन गरेका थिए ।