Goraksha

National Daily

नेपालमै पहिलो पटक ‘टेक कन्क्लेभ’ गर्दै कोड फर चेन्ज

1 min read

दाङ,७ साउन । कोड फर चेन्जले यसैवर्षदेखि शुरु हुनेगरी Tech Conclave 2020 आयोजना गर्ने तयारी गरिरहेको छ।

लकडाउनका कारण प्रभावित बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा पनि टेक्नोलोजीको क्षेत्रमा सहजता पुगोस भन्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक virtual tech event गर्न लागेको हो ।

कोड फर चेन्जले विगत केही वर्षदेखि नै प्रविधिसंग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विद्यार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यवसायिक ज्ञान प्रदान गर्दै आएको छ ।

यसै क्रममा लकडाउनले धरासायी भएको नेपालको शैक्षिक क्षेत्रलाई केही सहयोग पुगोस र प्रविधिमा मानिसहरुको ध्यान केन्द्रित होस् भन्ने उद्देश्यले virtually tech event गर्ने तयारीमा जुटेको कोड फर चेन्जका परियोजना प्रमुख निराजन क्षेत्रीले बताएका छन् ।

कोराना भाइरसका कारण नेपालमा भौतिक उपस्थीतिमा कार्यक्रम गर्न सम्भव नभएपछी कोड फर चेन्जले भर्चुअल कार्यक्रम गर्दै आएको छ ।

लकडाउनका कारण निष्क्रिय भएर बसिरहेका विद्यार्थीलाई सक्रिय बनाउनका साथै विभिन्न व्यवसाय मुलक ज्ञान दिन, अनलाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न र विद्यार्र्थीहरुले गरेका परियोजनाहरुको बढुवा गर्ने कोड फर चेन्जको मुख्य उद्देश्य रहेको परियोजना प्रमुख क्षेत्रीले बताए ।

कार्यक्रममा विभिन्न बिद्यार्थी, शिक्षक, संघसस्था तथा समाजसेवीहरु र प्रविधिमा आस्थावान जिज्ञासु मानिसहरु गरि एक हजार भन्दा बढीको उपस्थीतिमा रहन सक्ने अनुमान गरिएको छ ।

उक्त कार्यक्रम ३ दिनसम्म संचालन हुने र सबै दिनमा हुने क्रियाकलापहरु विशेषगरी प्रविधिलाई बढुवा गराउने हुने आयोजकले जनाएको छ । कार्यक्रम साउन ३०, ३१ र ३२ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म संचालन हुने भएको छ ।

यससंगै उक्त कार्यक्रममा हुने विभिन्न क्रियाकलापहरुमा भाग लिनको लागि दर्ता फारम खोलिसकेको परियोजनाका सक्रिय सदस्य दामोदर भट्टराईले जानकारी दिएका छन् । उनले सहभागीताका लागि कोड फर चेन्जको फेसबुक पेज वा आधिकारिक वेबसाइट -www.codeforchangenepal.com मा गएर आफ्नो रुचि अनुसारको बिषयमा फारम भर्न समेत अनुरोध गरेका छन् ।

यस लिंकमा क्लिक गरेर पनि इभेन्टको लागि फारम भर्न सक्नुहुनेछ।

http://bit.ly/TechConclave2020