चौघेराको सहायक महन्तमा योगी देवनाथ महाराज नियुक्त
दाङ,५ साउन । श्री गोरक्ष (पात्रदेवता) सिद्धरत्ननाथ मठ चौघेरामा पूर्व पिर योगी देवनाथ महाराजलाई मठको सहायक महानुभाव (महन्त)को मा नियुक्त गरिएको छ । उनलाई मठाधिश योगी सन्तोषनाथले मठको सहायक महन्तमा नियुक्त गरेका हुन ।
वर्तमान पिर योगी सन्तोषनाथ तथा भेष बार्हपन्थ नाथयोगीहरुको संयुक्त भेलाले उनलाई सहायक महन्तमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त भेलामा मठका महानुभाव योगी सुरतनाथ, सचिब हिरानाथ योगी ,वरिष्ठ जेष्ठ महाराज योगी भिमनाथ,संचालक समितिका सदस्य डा. भोलानाथ योगी,बलदेव योगीलगायतका व्यक्तिहरुको उपस्थितिमा निर्णय गरिएको हो । रत्ननाथ मठमा डेढ वर्ष अगाडि आएका पीर मठाधिशका रुपमा काम गरेका थिए ।
