Goraksha

National Daily

दंगीशरणमा वडा टोल सुरक्षा समिति गठन

दिप्तीशिखा चौधरी
दंगीशरण, ५ साउन । दंगीशरण गाउँपालिकाका विभिन्न वडाहरुमा टोल सुरक्षा समिति गठन गरिएको छ । दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा छोटीराम चौधरीको संयोजकत्वमा १३ सदस्य रहने गरि टोल सुरक्षा समिति गठन गरिएको हो ।

त्यस्तै रावतगाउँमा हिरा चौधरीको संयोजकत्वमा १३ सदस्यीय रावतगाउँ टोल सुरक्षा समिति गठन गरिएको छ भने चितानपुरमा दिलकुमारी विकको संयोजकत्वमा चितानपुर टोल सुरक्षा समिती गठन गरिएको छ । त्यसैबिच पदमपुरमा राधा रजौरेको संयोजकत्वमा पदमपुर टोल सुरक्षा समिति गठन गरिएको हो ।

एकलीमा तिलकराम वलीको संयोजकत्वमा टोल सुरक्षा समिति गठन गरिएको छ । यस्तै वडा न ४ को विरेन्द्रनगर टोलमा नेत्रबहादुर बुढाथोकीको संयोजकत्वमा टोल सुरक्षा समिति, वडा न। ५ को मिरौलीमा खिमबहादुर थापाको संयोजकत्वमा टोल सुरक्षा समिति, वडा नं. ४ को गिठखोलीमा खड्ग बहादुर चौधरीको संयोजकमा टोल सुरक्षा समिति गठन गरिएको छ ।

त्यस्तै वडा नं ३ मा सुकलाल चौधरीको संयोजकमा टोल सुरक्षा समिति गठन गरिएको छ । विभिन्न टोलहरुमा सुरक्षा ब्यवस्था कायम गर्न, अपराध युक्त समाज निर्माण गर्न तथा नागरिक र प्रहरीविच सम्बन्धलाई मजवुत बनाउँने उद्धेश्यका साथ टोल सुरक्षा समिति गठन गरिएको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाले बताए ।

शान्ति सुरक्षालाई मजवुत गराउँनका लागि दंगीशरणका सबै वडाका टोलहरु वडा टोल सुरक्षा समिति गठन गरिएको छ ।