Goraksha

National Daily

गाउँपालिका कार्यालय अगाडीको सडकमै खाडल परेपछि सवारी सञ्चालनमा समस्या

शिबराज खनाल,
देउखुरी,४ साउन । बिग्रिएको सडक मर्मत नगर्दा देउखुरीको गढवा गाउँपालिकाको कार्यालय अगाडी सडकमा खाडल पर्दा सवारी सञ्चालनसँगै पैदलयात्रीलाई हिडडुल गर्न समेत समस्या हुने गरेको छ ।

गाउँपालिका जनप्रतिनिधि तथा अन्य सम्वन्धीत निकायका प्रतिनिधी दिनानुदिन त्यही बाटो भएर ओहोरदोहोर गर्छन तर गाउँपालिकाको ठिक अगाडीनै रहेको खाडल पुर्न कसैले ध्यान नदिँदा सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरेका छन ।

बिच सडकमा परेको खाडलका कारण सवारीका साधनसँगै पैदल यात्रीलाई पनि सास्ती हुने गरेको छ । हुलाकी सडकका रुपमा रहेको सडकमा खाडल पुर्न कसैले ध्यान नदिदा दुर्घटनाको समेत जोखिम बढेका गोबरडिहा निवासी अटो चालक सौगात चौधरी बताउँछन । ‘मुख्य सडकमै खाडल परेपछि चटो चलाउन समस्या परेको छ’–चालक चौधरीले भने–‘सडकमा परेको खाडलका कारण दुर्घटनाको जोखिम बढेपनि पुर्न कसैको ध्यान छैन ।’

यी खाडलकहरु अहिले मात्र नभएर बर्षेनी सडकखण्डमा खाडल हुने गरेको उनी बताउँछन । उनले चाहेपछि गाउँपालिकाले समस्या समाधान गर्न सक्ने अवस्था भएपनि ध्यान नदिएको गुनासो गरे ।
तर गाउँपालिकाका अध्यक्ष सहजराम यादबले बिग्रिएको सडक ठेकेदारले बताउने बताउने गरेका छन् । ‘सडकका खाडल पुर्नेकामका लागि मैले ठेकेदारलाई भनेको छु’–गाउँपालिका अध्यक्ष यादवले भने–‘ अहिले बर्षाका कारण नदिबाट मिस्कट ल्याउने अवस्था नभएकाले हाल्न सकिएको छैन, बर्षाद कम भएपनि हाल्नेछ ।’ उनले सडक चौडा गर्ने काम हुने भएकाले पनि मर्मत हुन नसक्दा बर्षादको समयमा समस्या हुने गरेको बताए ।