Goraksha

National Daily

सुवर्ण बनिन् सांसद

काठमाडौ, ४ साउन । प्रतिनिधिसभातर्फ रिक्त रहेको सांसद पदको गुल्मीका सुवर्ण ज्वारचनले आइतबार पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा आयोजित कार्यक्रममा उनलाई शपथ खुवाएका हुन् । नेपाली कांग्रेसका समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि सो पद रिक्त थियो ।

सांसदको निधन भएमा पार्टीले निर्वाचन आयोगमा बुझाएको सोही समावेशी समूहअन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति सांसद पाउने व्यवस्थाअनुसार ज्वारचन नेपाली कांग्रेसलाई प्राप्त समानुपातिक कोटाअन्तर्गत सांसद बनेकी हुन् ।