रोटरीको अध्यक्षमा पाण्डे
दाङ, ३ साउन । रोटरी क्लब अफ दाङको सन् २०२०/२०२१ को अध्यक्षमा डा. चेतनारायण पाण्डेय चयन भएका छन् । उनलाई शनिवार पदभार गराइएको छ । रोटरीले शनिवार नवौ पद हस्तान्तरण कार्यक्रम गरेर पाण्डेलाई जिम्मेवारी दिएको हो ।
क्लवको उपाध्यक्षमा भरतराज देवकोटा, कोषाध्यक्षमा शरद अधिकारी, नोमिनि प्रेसिडेन्ट ओबिन्द्र महरा, सचिवमा गजेन्द्र बर्मा, सहसचिव रोशन दाहाल, मर्यादापालक संकल्प श्रेष्ठ छन् ।
सदस्यता वृद्धि संयोजक दिनेश उपे्रती, टिआर कमिटी चिफ प्रदीप मजगैयाँ, सर्भिस प्रोजेक्ट कमिटी चिफ प्रदीप सुवेदी, क्लब एडनी स्टेसन कमिटी चियर पदमकुमार रेग्मी, पब्लिक इमेज कमिटी चियरमा बसन्तराज अधिकारी चयन भएका छन् ।
त्यसैगरेर रोटरीको सन २०२१/०२२ को अध्यक्षमा राजिव उल्लाह खान चयन भएका छन् । क्लबका अध्यक्ष तीर्थ पौडेलको अध्यक्षता तथा रोटरी डिष्ट्रिक ३२१२ का गभर्नर राजीव पोख्रेलको प्रमुख आतिथ्य एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ट अतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले सामाजिक कार्यको लागि रोटरीसँग आफूहरु सहकार्य गर्न तयार भएको बताएका थिए ।
रोटरीले सामाजिक क्षेत्रमा आफ्नो पहिचान कायम गरेको भन्दै नगर प्रमुख चौधरीले यसलाई थप प्रभावकारी बनाएर जान सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, नेपाल जेसीजका पूर्व अध्यक्ष श्रीधर बस्याल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, रोटरी एरिया गर्भनर टोपलाल पोख्रेल, रोटरी क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठ, रोटरीका पूर्व एजी कुशल तर्ताल, रोटरी क्लब अफ लमहीका अध्यक्ष रविलाल आचार्य, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष विमल श्रेष्ठ, रोटरी क्लबका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ र नयाँ सदस्य शिशिर अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण क्लबका महासचिव प्रदीप मजगैयाँले गरेका थिए ।
