Goraksha

National Daily

लायन्स अफ घोराही सिटीको अध्यक्षमा श्रेष्ठ

दाङ, ३ साउन । लायन्स क्लब अफ घोराही सिटीको अध्यक्षमा विमल श्रेष्ठ चयन भएका छन् । वर्ष सन २०२०/०२१ का लागि सर्वसहमतिमा श्रेष्ठ चयन भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा ललित श्रेष्ठ, द्वितीय उपाध्यक्ष पवन योगी र तृतीय उपाध्यक्ष विवेक आचार्य चयन भएका छन् । सचिवमा दीपक सेठी, कोषाध्यक्षमा गीता आचार्य छन् ।

क्लबको मेम्बरसीप चियर पर्सनमा दीपक श्रेष्ठ, एलसीआइएफ संयोजकमा भुवन पोख्रेल, सर्भिस चियर पर्सनमा मुकेश शर्मा, मार्केटिङ कम्युनिकेटिङ चियरमा यज्ञबहादुर खड्का, सचेतकमा सुशीलप्रकाश आचार्य, स्वास्थ्य निर्देशकमा रेशम केसी, वित्तीय निर्देशकमा ओविन्द्रबहादुर महरा, स्मारिका निर्देशकमा कुलबहादुर वली र शिक्षा निर्देशकमा टीकाराम रावत चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुले पदभार समेत ग्रहण गरेका छन् । शनिवार एक कार्यक्रमका बीच उनीहरुले पदभार गरेका हुन । कार्यक्रममा बोल्ने बक्ताहरुले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको बताएका थिए । कोरोना भाइरस संक्रमणको समयमा स्वास्थ्य सामग्री सहयोग तथा लकडाउनको समयमा काम गर्ने नपाउँदा छाक बसेकालाई खानका लागि खाद्यान्न सहयोग गरेर महामारीको विरुद्धमा लड्नका लागि सहयोग पुर्‍याएको उनीहरुको भनाइ थियो ।

सामाजिक सेवालाई निरन्तरता दिन समेत सहभागीहरु आग्रह गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ घोराही सिटीका वर्ष २०१९/०२० मा अध्यक्ष भरतराज देवकोटाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं डिष्ट्रीक चिफ विनोदकुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा भएको थियो । तृतीय उपाध्यक्ष पवन योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विवेक आचार्यले गरेका थिए । त्यस अवसरमा लायन्स क्लबमा नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।