Goraksha

National Daily

महिला भर्चुअल तेक्वान्दो आईटिएफ प्रतियोगिता हुने

दाङ,३ साउन । महिला खेलाडीहरुका लागि भर्चुअल तेक्वान्दो आईटिएफ प्रतियोगिता हुने भएको । रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा ‘तेस्रो रोल्पा खुल्ला जुनियर महिला भर्चुअल तेक्वान्दो आईटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप–२०२० हुने भएको हो ।

च्याम्पियनसिपमा प्रथम हुनेले ५ हजार, द्धितिय हुनेले ३५ सय र तीतृत हुने खेलाडीले नगद २ हजारसहित प्रमाणपत्र पाप्त गर्ने भएको आयोजक रोल्पा आईटिएफ तेक्वान्दो संघले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन परिवर्तन गाउँपालिका राङ्सीका नन्दकिशोर डाँगी रहेका छन भने द्धितीय पुरस्कार भ्रमण ओली र तृतीय पुरस्कारको प्रायोजन आयोजक रोल्पा आईटीएफ तेक्वान्दो संघले गर्ने भएको छ । प्रतियोगितामा तेक्वान्दो (आईटिएफ) का हरियो पेटीदेखि रातो पेटीसम्मका महिला खेलाडीहरुले सहभागी हुन पाउने रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन् ।

खेलाडीले वन९ह्यो ९ध्इल्(ज्थ्इ० तुल प्याट्रन र आफुले इच्छ्याएको एउटा प्याट्रन गरि जम्मा दुई वटा प्याट्रनको भिडियो रोल्पा आईटिएफ तेक्वान्दो संघलाई साउनको ४ गतेदेखि १८ गतेभित्र पठाउन समेत आयोजकले खेलाडीहरुलाई अनुरोध गरेको छ ।

खेलाडीहरुले पठाएको भिडियो नेपाल अन्तर्राीष्ट्रय तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुले भिडियो कन्फेरेन्स मिटिङमार्फत माध्यमबाट प्रतियोगिहरुको भिडियो हेरेर बिजेताहरु छनोट गर्ने भएका छन । आयोजकले निर्णयकहरुले दिएको अंकका आधारमा महासंघ र जिल्ला संघको सहकार्यमा नतिजा प्रकाशन गर्ने आयोजकले जनाएको छ ।

कोरोना भाइरसका कारण असहज भएको अवस्थामा खेलाडीहरुको क्षमता विकासका माध्यमबाट खेलाडीहरुमा आत्मविश्वास बढाउदै खेल क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बाठामगरले जानकारी दिएका छन् । आयोजक रोल्पा आईटिएफ तेक्वान्दो संघले यसअघि दुई वटा प्र्रतियोगिता आयोजना गरिसकेको छ । प्रतियोगिता नजिता साउनको २२ गते प्रकाशन गरिने आयोजकले जनाएको छ ।