ओलीको सम्झना श्रद्धाञ्जलीसभा
दाङ,३ साउन । ओली वंश समन्वय समाज नेपाल दाङले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।
ओली वंश समन्वय समाज नेपालका केन्द्रिय संयोजक कमलबहादुर ओली तथा सदस्य डिल्लीबहादुर ओलीकी ममतामयी आमा तथा समाजका अग्रज सल्लाहकार स्वर्गीय लालकुमारी ओलीको निधन भएको नौ दिनको अवसर पारेर शनिवार घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको घरमा श्रद्धाञ्जलीसभा गरेको हो ।
वयोवृद्ध तथा समाजका सस्थापक कोषाध्यक्ष भीमबहादुर ओलीको अध्यक्षता तथा ओली बंश समन्वय समाज नेपालका केन्द्रीय संरक्षक अमरबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जलीसभामा बोल्ने बक्ताहरुले बक्ताहरुले ओलीको निधनले परिवारमा अपुरणीय क्षेती पुगेको भन्दै दुःख व्यक्त गरेका थिए ।
उनीहरुले मृतक ओलीले समाजको विकासका लागि खेलेको भुमिको चर्चा समेत गरेका थिए । श्रद्धाञ्जलीसभामा केन्द्रीय संरक्षक अमरबहादुर ओली, सल्लाहकार ललितबहादुर ओली,समाजका प्रदेश नं. ५ का अध्यक्ष मिनराज ओली, समाजका जिल्ला अध्यक्ष रेखबहादुर ओली, समाजका नगर अध्यक्ष धनबहादुर ओली,स्वर्गीय ओलीकी जेठी छोरी करुणा ओली बस्नेतलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।
श्रद्धाञ्जलीसभाको सहजीकरण बेचन ओलीले गरेका थिए । ७९ बर्ष ओलीको असार २६ गते शुक्रवारका निधन भएको थियो । समाजका केन्द्रीय संरक्षण जागेश्वर ओली, सल्लाहकार बिनबहादुरंिसह ओली, केन्द्रीय उपाध्यक्ष सागर ओली, समाजका जिल्ला सचिव कमल ओली, समाजका जिल्ला कोषाध्यक्ष इन्द्रकुमार ओलीलगायतको श्रद्धाञ्जलीसभामा उपस्थीति रहेको थियो ।
