Goraksha

National Daily

‘बसेकै ठाउँमा पुर्जा’

मुक्त कमैया दिवस
लमही, ३ साउन । प्रदेशस सांसदहरुले मुक्त कमैया, भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न सरकारले व्यवस्थित बसोवासको कार्यक्रम अघि सारेको बताएका छन् । २१औँ मुक्त कमैया दिवसको अवसरमा मुक्त कमैया समाज दाङले लमहीमा गरेको अन्तत्र्रिmया कार्यक्रममा प्रदेश सांसद रेवतीरमण शर्मा र इन्द्रजित थारुले भूमिको समस्या समाधान गर्न सरकारले कदम चालेको बताएका हुन् ।

‘जो जहाँ बसिरहेको छ त्यही ठाउँमा एक पटकलाई पुर्जा दिने गरी काम हुँदैछ’–प्रदेश सांसद शर्माले भने–‘बसोवासको आधारमा पुर्जा दिनुपर्छ भनेर केन्द्रमा काम भइरहेको छ ।’ कार्यक्रममा प्रदेश सांसद थारुले मुक्त कमैया, भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न पुरानो भूमि नीति खारेज गरेर नयाँ भूमि नीति कार्यान्वयन गरिने बताए ।

कार्यक्रममा सहभागी प्रदेश सांसद शर्मा र थारुलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाइएको छ । लागत लिन छुट मुक्त कमैयाहरुको तत्काल लागत लिन माग गरिएको छ । लागत लिएका मुक्त कमैयालाई यथाशीघ्र परिचयपत्र वितरण गरी पुनःस्थापना गर्न सरकार सक्षम माग राखिएको छ ।

जग्गा, घर निर्माणको लागि आवश्यक काठ र नगद तुरुन्त उपलब्ध गराउन अधिकार सम्पन्न राजनीतिक संयन्त्र निर्माण गरेर पुनःस्थापनाको कार्य अघि बढाउनु पर्ने, मुक्त कमैया परिवारमा कम्तिमा एक घर एक रोजगार कार्यक्रम अनिवार्य लागू गर्नुपर्नेलगायतका माग राखिएको छ । मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य टेकबहादुर रावत, गढवा–३ का वडा सदस्य छुकान चौधरी, पत्रकार दशरथ घिमिरे, कमैया महिला जागरण समाजका अध्यक्ष कमलमपति चौधरीलगायतले मन्तव्ज्य व्यक्त गरेका थिए ।

दाङका १७ जना मुक्त कमैयाले सरकारले पाँच कट्ठा जग्गाको पुर्जा दिएको छ ।
तर, ती मुक्त कमैयाले आफ्नो जग्गा चिन्नसकेका छैनन् । राप्ती गाउँपालिकामा पाँच जना, लमही नगरपालिकामा १० जना र घोराही उपमहानगरपालिकामा २ जना गरी यस्तो समस्या भोग्ने मुक्त कमैयाको संख्या १७ छ ।

जिल्लामा परिचयपत्र प्राप्त गरेका १ हजार ४ सय २६ जना मुक्त कमैया छन् । लालपुर्जा प्राप्त गरेका ६ सय ८ जना मुक्त कमैया छन् । सट्टा भर्ना गर्न बाँकी ४ जना मुक्त कमैया रहेको मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए । अझै जिल्लामा २ हजार चार सय ३६ मुक्त कमैयाको लगत लिन बाँकी छ ।