लकडाउनमा ३२ वटा बलात्कार घट्ना
लिलाधर वली
दाङ,१ साउन । दाङमा लकडाउनको समयमा ३२ वटा बलात्कार,बलात्कारका प्रयास तथा यौन दुव्र्यवहारका घट्नाहरु घटेका छन् । इन्सेक दाङका अनुसार चैत ११ गतेदेखि असारको अन्त्यसम्म दाङमा भएका ६७ वटा मानवअधिकार उल्लघनका घट्नाहरु मध्य ३२ वटा बलात्कार तथा यौन जन्य घट्नाहरु घटेका हुन ।
बन्दाबन्दीका क्रममा भएका सवैभन्दा धेरै बलात्कार तथा यौन दुव्र्यवहारका घट्नामा ४० जना महिलाहरु पीडित भएका इन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुनले जानकारी छन् । उनका अनुसार २०२० जनवरीदेखि जुनसम्म दाङमा बलात्कार, बलात्कार र यौन दुव्र्यवहारका घट्नाहरु २७ वटा भएका छन् । जसमा बलात्कारका घट्नाहरु २७ वटा, बलात्कार प्रयास १२ र ४ वटा यौन दुव्र्यवहारका घट्नाहरु भएका छन् ।
सात बर्षीय बालिकादेखि ६४ बर्षका ज्येष्ठ नागरिकहरु समेत बलात्कारमा परेको जिल्ला प्रतिनिधि जयनारायण पुनले बताए । इन्सेका अनुसार सन २०१९ को पहिलो ६ महिनामा ४२ वटा बलात्कार तथा प्रयासका घट्नाहरु घटेका थिए । विगतको तुलनामा बलात्कार तथा बलात्कारका प्रयासका घट्नामा कमी आउन नसकेको समेत उनले बताए ।
त्सैगरी बन्दाबन्दीकै सयमा घरेलु हिंसा ८ वटा, धम्की/कुटपिटका घट्ना ४ वटा, दुव्र्यवहारका घट्ना ३ वटा, सम्पती आगजनी, हत्या प्रयास, बालविवाह र आत्महत्या दुरुत्साहनका घट्नाहरु २/२ वटा तथा तोडफोड, घर निकाला र वेवारिसे सव फेला परेका १/१ घट्नाहरु घटेका छन् । बन्दीबन्दीको समयमा भएका ६७ वटा घट्नाहरुमा ५८ जना महिला र २५ जना पुरुषहरु गरि ८३ जना नागरिक पीडित भएका छन् । जसमा राज्यबाट ८ वटा, गैरराज्यकातर्फबाट ५६ वटा र अज्ञात समूहबाट ४ वटा घट्नाहरु भएको इन्सेक दाङले जनाएको छ ।
वितेको ६ महिनाको अवधिमा जिल्लमा घटेका १ सय २४ वटा मानवअधिकार उल्लघनका घट्नाहरुमा बलात्कार र घरेलु हिंसाका २७÷२७ वटा घट्नाहरु घरेको जिल्ला प्रतिनिधि पुनले जानकारी दिएका छन् । बलात्कारका २७ घट्नामा ४४ तथा घरेलु हिंसाका घट्नामा २७ जना पीडित भएका उनले बताए ।
उनका अनुसार बलात्कारका प्रयासमा १२ वटा, गैरकानुनी गिरफ्तारीका १७ वटा घट्ना, धम्की/कुटपिटका ९ वटा, दुव्यवहारका ५ वटा, यौन दुव्र्यवहार र सम्पति आगजानीका ४/४ वटा, बालविवाह, तोडफोड र उपभोक्ता अधिकारका ३÷३ वटा घट्नाहरु भएका छन् । यसैगरी बन्द हड्ताल र आत्महत्या दुरुत्साहन २/२ वटा र हत्या, बेवारिसे शव,कथित बोक्सी आरोप, घर निकाला, जातिय भेदभाव र तालाबन्दीका १/१ वटा घट्नाहरु भएको इन्सेक दाङले जनाएको छ । जसमा ८२ जना महिला र ६६ जना पुरुष गरि १ सय ४८ जना व्यक्ति पीडित भएका छन ।
उक्त घट्नामा १ सय ३९ जना पीडकहरु रहेका छन् । १ सय २४ घट्नाहरु मध्य राज्यबाट २१ वटा, गैरराज्यबाट ९२ वटा र अज्ञात समूहबाट ११ वटा घट्नाहरु भएका छन । गएको बर्ष ६ महिनामा १ सय २३ वटा घट्नाहरु घटेको इन्सेकले जनाएको छ । विगतको तुलनामा यो बर्ष मानवअधिकार उल्लघनका घट्नामा कमी आउन नसकेको इन्सेकले जनाएको छ ।
