Goraksha

National Daily

रोग प्रतिरोधात्मक औषधी निशुल्क वितरण

दाङ,३१ असार । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुरमा रोक प्रतिरोधात्मक हेमोपेथिक औषधी निशुल्क वितरण गरिएको छ । वडा कार्यालयसँगको समन्वयमा मारवाडी समाज दाङले करिव ७ हजार नागरिकहरुलाई औषधी वितरण गरेको हो ।

कोरोना भाइरसको त्रासको समयमा समाजले स्थानीय नागरिकहरुलाई शक्ति बद्र्धक औषधी वितरण गरेको हो । मारवाडी समाज दाङका अध्यक्ष विकास अग्रवालको अध्यक्षता घोराही उपमहानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष बिष्णुमणि दाहालको प्रमुख आतिथ्यतामा औषधि वितरण गरिएको हो ।

कार्यक्रममा दाङ चेम्वर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, सदस्य नरबहादुर न्यौपानेलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा स्थानीयलाई औषधी वितरणसँगै कसरी खाने भनेर सिकाइएको वडा अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए । औषधी मारवाडी समाज केन्द्रीय समितिले उत्पादन गरेको हो ।