Goraksha

National Daily

व्यापार व्यवसाय सहज रुपमा सञ्चालन गर्ने देउ : उवासंघ

दाङ, ३१ असार । जिल्लाका व्यवसायीहरुले लकडाउन भन्दा पहिले अवस्था जसरी आफुहरुको व्यापार व्यवसाय सञ्चालन गर्ने पाउनु पर्ने माग गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा संघमा आवद्ध बस्तुगत समितीहरुले बुधवार जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र वुझाउदै यस्तो माग गरेका हुन ।

नेपाल सरकारले लकडाउनलाई खुकुलो बनाउदै गएको साथै सार्वजनिक यातायातका साधन समेत सञ्चालन गर्ने निर्णय समेत गरि सकेकाले जिल्लामा पनि सहज वनाउन उनीहरुले माग गरेका हुन । ज्ञापन पत्रमा अहिले साझ ५ वजे वन्द हुदै आएको व्यापार व्यवसायलाई लकडाउन अघि सञ्चालन हुदै आएको समयसम्म सञ्चालन हुन पाउनु पर्ने, नाइ व्यवसाय तथा होटेल व्यवसायहरु स्वास्थ्य माप दण्ड पुरा गरि सञ्चालनमा ल्याउन पाउनु पर्ने माग गरिएको छ ।

देशका अन्य स्थानमा सहज रुपमा व्यापार व्यवसाय सञ्चालनमा आएको भन्दै जिल्लामा पनि सहज वनाउन ज्ञापन पत्रमा भनिएको छ । ज्ञापनपत्र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजाललाई वुझाएका हुन । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रिजालले कसरी अगाडि वढने भनेर जिल्ला विपद् व्यवस्थापन समितीको बैठकवाट निर्णय गरेर अगाडि वढीने बताए ।

केही दिनमा नै जिल्ला विपद् व्यवस्थापन समितीको बैठक वस्ने उनको भनाइ रहेको छ । ‘स्थानिय तहका प्रमुखहरुको कार्य व्यस्तताका कारण बैठक वस्न सकिएको छैन’ प्रमुख जिल्ला अधिकारी रिजालले भने । कारोनाको महामारीको समयमा उद्योगी तथा व्यवसायिहरु वाट सहयोग पाएको भन्दै आउदा दिनमा पनि सहयोग पाउने बताए । सबैको सहकार्य वाट नै व्यवस्र्थीत गदै अगाडि वढन सकिने उनको भनाइ छ ।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्र श्रेष्ठ (भारी), नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वञ्जाडे, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोसी, वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकी, महासचिव नरेश कार्की, सचिव माया पोख्रेल, सदस्यहरु रामप्रसाद पोख्रेल, विन्दु दाहाल, दाङ देउखुरी होटल व्यवसायि संघका अध्यक्ष रुद्रवहादुर डाँगी, सुरक्षीत कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमवहादुर वुढाथोकी हार्डवयर व्यवासयि समितीका सचिव विमल थापा, किराना व्यवसायी संघका सचिव विनोद पाण्डे, भाँडा व्यवसायी समितिका विष्णु गुप्तालगायत अन्य वस्तुगत समितीका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।