दाङ,३० असार । दाङमा रुखको हागा भाचिएर चोट लाग्दा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १५ निवासी २३ बर्षीय तुलाराम चौधरीको रुखको हागाले चोट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चौधरी कामको शिलशिलामा असार २६ गते शुक्रवार रा २ प ८८० नम्वरको घरदेखि तुलसीपुरतर्फ आउदै गरेको अवस्थामा भोजपुर–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर–१६ टिकालहलौरामा पिपलको रुखको हाँगा अचानक भाँचिदा चौधरीको टाउकोमा चोट लागेर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले जानकारी दिएका छन् ।
घाइते चौधरीको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको प्रहरीले जानकारी दिएको छ ।