कोरोना जितेर दंगीशरणका दुई जना घर फर्किए

दिप्तीशिखा चौधरी
दंगीशरण,२९ असार । दंगीशरण गाउँपालिका दुई जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना जितेर फर्किनेमा दंगीशरण गाउँपालिका वडा नं. ५ र ६ का दुई जना महिलाहरु रहेको दंगीशरण कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिएका छन् ।

उनीहरु भारतबाट आएपछि विरेन्द्र माविमा रहेको क्वारेनटाईनमा राखिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गरेपछि उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो । अस्पतालमा उपचारपछि उनीहरु डिस्चार्ज भएका हुन ।

यसैबिच दंगीशरणको विरेन्द्र माविमा अहिले २६ जनालाई राखिएको छ । उनीहरु कोहि जिल्ला बाहिर र कोहि भारत र तेस्रो मुलुकबाट आएको खुलेको छ । दंगीशरणको क्वारेनटाईनमा अहिलेसम्म भर्ना हुनेको संख्या ३ सय १८ पुगेको छ भने २ सय ९२ जना डिस्चार्ज भईसकेका छन् ।