१२० वटा बाख्रा पाठा वितरण

तीर्थराज ज्ञवाली
मसुरीया, २९ असार । राप्ती गाउँपालिकामा पशु सेवा शाखा तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत १२० वटा बाख्रा पाठा वितरण गरिएको छ ।

जमुना पारी क्रस तथा ८ वटा बोयर जातका पाठासहित कुल १२० पाठा निःशुल्करुपमा वितरण गरिएको हो । विपन्न परिवारका सदस्यहरुको ८ वटा समूह निर्माण गरी समूहमार्फत वडा नं १, २, ३ र ४ मा आयआर्जन बृद्धिका लागि बाख्रा पाठा वितरण गरिएको पशु सेवा प्राविधिक शेरबहादुर हमाल रिजालले जानकारी दिए ।

गाउँपालिकाको तर्फबाट १२० बाख्राको बीमासमेत गरिएको छ । बाख्रा वितरण कार्यक्रममा शाखा प्रमुख राजविक्रम चौधरी, पशु सेवा प्राविधिक शेरबहादुर हमाल रिजाल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका राप्ती संयोजक टीका बस्नेत, पशु स्वास्थ्य प्राविधिक कमल पुल मगर, नायव पशु स्वास्थ्य प्राविधिक हिमा बस्नेत, कर्मचारी नारायण चौधरीलगायतको सहभागिता रहेको थियो ।

आगामी दिनमा पशु सेवा शाखाको तर्फबाट वितरित बाख्रालाई भिटामिन तथा औषधि वितरण गर्ने योजना रहेको समेत पशु सेवा प्राविधिक शेरबहादुर हमाल रिजालले जानकारी दिए ।