भानुको सम्झना

सीता पौडेल

तिमीलाई सम्झनकै लागि
हामीलाई भयो कुर्न पर्ने
असारको २९ गतेलाई
तीन सय चौसठ्ठी दिनहरूमा
बिर्सिएका हुन्छौँ चटकसँग
जब आउँछ आजैको दिन
असार उनान्तीस
तब सम्झने गर्छौँ, सबैले एकैसाथ
आदिकवि हौ नि तिमी भनेर ।
म पनि त्यही जमात कि न परेँ
झट्ट आयो तिम्रो सम्झना मलाई
आजकै दिनमा
पारेर साइत जन्मदिनको
किन नहोस् घाँंसीको कुराले
गरेथ्यौ नाम कमाउने काम
जसरी घाँसीले भनेथ्यो तिमीलाई
त्यसरी नै आज हामीलाई
भन्ने हिम्मत गर्छ भने कसैले
कहाँ सुनिन्थ्यो र ! उसका कुरा
मज्जाले उही तर्फ फर्किएर
भन्ने थियौँ होला तँ पाजी
घाँसी हुँदो रहेछ जान्ने ।
त्यही भएर तिमी र हामीबीचमा
यतिका छ भिन्नता
घाँस बेचेर गरेको पेट पाल्दै गरेको
कुरा मनन् गरेर
आज छौ सबैको मनमा आदिकवि
जसरी रहन्छ आकाशमा रवि ।
ज्ञानको ज्योति देखायौ
थिए सारा अन्धकारमा
दिएर सबैलाई उदाहरण
बिम्ब बनाई घाँंसीको
धर्म, पुण्य र सेवा
गर्नु पर्छ मानव भई
तिमीलाई छ सलाम
जन्मदिनको शुभकामना
प्रिय आदिकवि
तिमीलाई सम्झना !!!