कविता : महिला सामुदायिक तिम्लाई शुभकामना

सन्तोष बस्नेत

प्रिय महिला सामुदायिक
धेरैपछि आज तिम्रो याद आयो
दुःखका दिनमा मात्र तिमी थियौ
म रोएको चित्कार सुन्ने
र मेरा आँसुले
तिम्लाई कति पटक भिजाएँ हुँला
तिमीले कहिल्यै पनि झर्को नमानी मलाई सुन्थ्यौ
र कहिल्यै केही गुनासो गरेनौ
तिमीमा तैरिएका छायाँजस्तै
तिम्ले मलाई तैरिन सिकायौ
सपनाहरुलाई मैले डुबाउन कोशिस गरेँ ।

तर
तिम्ले अटल रहन सिकायौ
र त डुबेँ तिमीसँग
धेरै अपरिचित मुहारहरु
ज्ञान, गुण, बोली, व्यवहार, आचरण, सुशासन
धेरै ठाउँहरुसँग परिचित गरायौ ।

प्रिय तिम्रै सिकाई र भोगाईले
मलाई निडर भई
दिल खोलेर प्रश्न गर्न मन छ
बेवारिसे बम छाडेका तिनीहरुलाई
ती अबोध नाबालकहरुलाई
के फेरि त्यो सुखमय समय र
जीवन बिताउन पाउलान् रु

अझै कति निर्दोष आमाबुबाले
यो पीडा भोग्नुपर्ने हो रु
निर्दोषले नै पीडाको सामना गर्नु पर्ने
कहाँ को नियम हो रु
विष्फोर्टक वस्तु छोड्ने
न तिमी माफी लायक छौ
न सजाय नै कम हुन्छ ।

प्रिय महिला सामुदायिक,
तिम्ले अझ धेरै गर्नु छ
ती निर्दोष परिवारलाई
सहयोग गर्नु छ
भविष्यसँग जिउन सिकाउनु छ
धेरैको भविष्य कोर्नु छ
दुखेका घाउहरुमा अझै
मल्हमपट्टी गरिदिनु
भरिदिनु दुखाइमा राहत
तिमीप्रति हुनेछु धेरै आभारी
तिमीप्रति शुभकामना ।