लायन्स क्लब अफ दाङको अध्यक्षमा हमाल

शरद रेग्मी
तुलसीपुर,२६ असार । लायन्स क्लब अफ दाङको अध्यक्षमा युवा ब्यबसायी सुरेश हमाल चयन भएका छन् । लायन बर्ष २०२०–२१ का लागि हमाल निर्बिरोध निर्बाचित भएका हुन ।

निर्वाचित भएका हमालले शुक्रवार पदभार ग्रहन गरेका छन । लियो क्लब अफ दाङको अध्यक्षमा पत्रकार सन्तोष केसी र लायन्स क्लब अफ दाङ त्रिसिद्देश्वरीको अध्यक्षमा यमुना शाह चयन भएकी हिुन ।

बर्ष १९–२० का अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता एव डिष्ट्रिक चिफ एडभाईजर बिनोदकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको पदभार ग्रहण कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक सेवामा लायन्स क्लब अफ दाङको भूमीका अहम भएको बताएका थिए ।

बक्ताहरुले आखा शिबिरदेखि समाजमा हुने हरेक अभियानमा लायन्स क्लबले अग्रणी भूमीका खेलेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा एरिया चिफ युवराज थपलिया,निबर्तमान एरिया चिफ लब अधिकारी,तुलसीपुर उद्योग बाणिज्य सघका पूर्व अध्यक्ष बिमल रिजाललगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब बिनिल केसीले गरेका थिए ।