सुभाष न्यौपाने
नेपालको रक्षा चीनले हो कि भारतले हो गर्ने ?
स्वाधीनता हाम्रो जोगाउने कल्ले, दिल्ली कि वेइजिङले ?
सुखी नेपाली समृद्ध नेपाल नाराको सरकारले,
जनताको इच्छाआकांक्षा मा¥यो जनताकै नामले ।।
सत्तासिन दल नेकपाभित्र केही समय अगाडिदेखि भुसको आगोको रुपमा सल्किँदै गएको आपसी मतभेद तथा वैमनस्यताको राँप अहिले ज्वालामा परिणत भएको छ । आगोको मुस्लो बाहिर निस्केपछि विष्फोर्ट भएर छित्रिएका ती ज्वाला बनाउने झिल्काहरु दुई खेमामा विभाजित भएका छन् । ती दुई खेमाको आपसी युद्ध सांसद, मन्त्री तथा पार्टीको केन्द्रीय कमिटीदेखि सदनसम्म जोडतोडले अगाडि बढिरहेको छ । जसको एउटा कित्तामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फ्रन्टलाइनको मुठभेडमा एक्लै तयार छन् भने अर्को खेमामा पार्टीका दोस्रो वरिताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत वरिष्ठ नेताहरु माधवकुमार नेपाल, भलनाथ खनाल तथा बामदेव गौतमलगायतका अन्य नेताहरु पनि मुस्तेज छन् ।
सत्ताधारी दलका इतर पक्षका नेताहरु ओलीजीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा मागिरहेका छन् भने प्रधानमन्त्री ओली मेरो इच्छा लाग्यो भने मात्र मैले कुन पदबाट राजिनामा गर्नुपर्ने हो त्यही गर्छु । कसैले मेरो राजिनामा मागेर मात्र मैले राजिनामा गर्दैन । उनले इतर नेताहरुसँग एक/एक गरेर बल्छी हाल्ने काम हप्काउने, सम्झाउने र लोभ देखाउने काम पनि गरिरहेका छन् । अरे चाहे जे हुन् यिनी सबै हत्कण्डा हसन् । जसले पनि अपनाउन सक्छ ।
नेपालको लिम्पियाधुरा, कालापानी सहितको नयाँ नक्सा छपाई तथा सदनमा उपस्थित सांसदहरुको ध्वनीमतले नक्सा सार्वजनिक गर्न सरकारलाई संशोधन सहित अनुमति दिएपछि नेपालको निसानछापमा समेत उक्त नक्सा अंकित गरेर निसानाछाप समेत प्रयोगमा ल्याएपछि भारतले उक्त विषयमा असहमति प्रकट गरेपछि नेपाल सरकार र नेपाली जनताको भारतप्रतिको धारणा र भारत सरकार र भारतीय सञ्चार माध्यम तथा भारतीय जनताहरुबीच कटुता उत्पन्न भइरहेका बेला नेपालको सरकारी राजनैतिक दल नेकपा भित्र ठूलै खैलाबैला मच्चियो ।
नेकपाका इतर पक्षका नेताहरुले ओलीसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनमा मागेपछि प्रधानमन्त्री ओलीले ती नेताहरुलाई भने, नेकपाभित्रको केही नेताहरु भारतको बुईँ चढेर मेरा विरुद्धमा उत्रिएको आरोप लगाएपछि अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री पदबाट तपाईंको राजिनामा मैले मागेको हुँ कसैको बुईँ चढेर होयन । यसरी दुई अध्यक्षहरुको बीचमा राजिनामा दिनुपर्ने र राजिनामा दिनु नपर्ने भन्ने विषय व्यापक रुपमा गयो ।
यसै विषयलाई लिएर नेकपाको स्थायी कमिटी केन्द्रीय कमिटी र सचिवालय सदस्यहरुको बीचमा समेत व्यापक चर्काचर्की र एक आपसमा आरोप प्रत्यारोप र विवादास्प्रद बहस अझै पनि बाँकी नै छ । आपसी द्वन्द्वको चर्को रुप आइरहँदा नेकपाका इतर पक्ष नेताहरुले राष्ट्रपतिलाई महाभियोग लगाएर निलम्बित गर्ने र प्रधानमन्त्रीलाई अध्यक्षलगायतका दुवै पदबाट राजिनामा गराउने भन्ने विषयमा कसिएर लगिने भन्ने समाचार पनि व्यापक भयो ।
उता प्रधानमन्त्री ओलीले पार्टीका इतर नेताहरुलाई तिमीहरु भारतसँग मिलेर मेरो राजिनामा माग्ने ? भनेर कड्किए पनि । जाउ मैले कुनै पदबाट राजिनामा गर्दैन, सकेको गर भनेर समेत पठाएको खबर आउँदा आउँदै फेरि अर्को समाचार सुन्नमा आयो कि नेपालको लागि चिनिया राजदूतले नेकपाका नेताहरुको घरघरमा गइन् रे । नेकपालाई संगठित गराउन र सरकारलाई नढल्न दिनको लागि । उता चिनिया राजदूतावास अगाडि नेपालको लागि चिनिया राजदूत यान्छीलाई देशनिकाला गर्न माग गर्दै प्रदर्शन समेत भएको छ ।
यी घटनाहरुको बारेमा नेपाली जनताले स्पष्ट बुझिसकेका छन् । किनभने प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरु भारतसँग मिलेर आफूलाई सरकारबाट हटाउन लागिपरेको भन्ने कुरा सार्वजनिक हुनु भनेका कतै चीनसँग गुहार मागेको त होयन ? त्यही अनुसार चिनिया राजदूतले नेकपाका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएको त होइन ? भन्ने प्रश्न पनि नागरिक वृत्तमा उठेको छ । यदि यही घटनाक्रम अगाडि बढ्ने हो भने अर्को प्रश्न पनि उठ्छ । के चीनले भारतका विरुद्धमा नेपालमा आफ्नो गतिविधि अगाडि बढाउन खोजेको हो त ? यति मात्र नभएर नेकपाको विवादास्प्रद सांगठनिक अवस्थालाई मजबुत एकताको रुपमा परिणत गर्न सक्ला ? अर्को प्रश्न छ वर्तमान सरकारलाई स्थायित्व दिनसक्ला ?
नागरिकको यस सम्बन्धमा अर्को एउटा जल्दोबल्दो प्रश्न छ– भारतको विरुद्धमा गतिविधि सञ्चालन गर्न त भारतमाथि पो जाइलाग्नु पर्छ, किन नेपाली राजनीतिमा हस्तक्षेप गरेको ? यदि नेपाल मामलामा भारत र चीनको एउटै रबैया देखिन्छ भने केको चीन हामैरो र भारत अर्काको भन्नुप¥यो । आखिर आफ्नो स्वार्थ पूरा गर्न एउटा पक्षलाई साथ दिएर हात लिन र अर्को पक्षको विरुद्धमा दुवै देश नेपाल भित्रिएको स्पष्ट भइसक्यो ।
तर पनि प्रधानमन्त्रीलगायत नेकपाका अग्रणी नेताहरु बडो सानले चीन र भारतले नेपालमा गरेका गतिविधिहरुलाई लुकाएर लज्जाहीन आरोप प्रत्यारोपमा उत्रिन्छन्, तर लाज लाग्दैन उनीहरुलाई । यतिबेला सिङ्गो नेकपा भन्ने राजनैतिक दलका नेताकार्यकर्ताहरु मुलुकको अवस्थालाई हेरिकन समस्या समाधानका निमित्त एकताबद्ध भएर लाग्नेबेलामा बलिरहेको आगोमा घ्यू थप्दै जुँगाको लडाईँ लडिरहेका छन् ।
कतिपय नेताहरुलाई के पनि लागेको होला भने हामीले २÷४ वटा केही जनमुखी नाममा गरिएका कामकार्यलाई जनतामाझ लगेर भँजाउन सिको हाल्छौँ । तर जनताले त्यस विषयमा पनि उचित विश्लेषण गर्ने छन् । नेकपाभित्र मुलुकमा राजनेतिक नेतृत्वका निमित्त भएको छिनाझप्टी र सत्ताको लुछाचुँडी चलिरहँदा सरकारले कोरोनाबाट त्रसित र आतंकित जनताको स्वास्थ्योपचारको सन्दर्भमा औषधि, उपकरण र स्वास्थ्य सामग्री खरिद गर्दा भएको कमिशन भ्रष्टाचार र अनुपयुक्त स्वास्थ्य सामग्रीको खरिदमा भएको अनियमितताको बारेमा स्पष्ट जानकार छन् ।
यी सब कुराहरुलाई ढाकछोप गर्न सरकारले जमिन बिनाको नक्सा सार्वजनिक गरेको भन्ने जनतालाई स्पष्ट छ । नेकपाकै आन्तरिक झगडाको अर्को खेमा प्रचण्ड–नेपाल समूहले पनि जनता यसरी महामारीको चपेटामा परिरहँदा आफू तमासे बनेर हेर्ने ? आज सत्ता र राजनैतिक नेतृत्वका निमित्त जनतासँग रुन जाने ? जनताले तिमीहरु सबैलाई चिनिसकेका छन् । अब जनताको सहानुभूति तिमीहरुलाई छैन । नेकपा पार्टीको किचलोका कारण कतिपय नेताहरु अघि–पछि पार्टीको निित र निर्देशन अनुसार गर्नुपर्ने ह्विप आउँथ्यो भने यस पटक त हामीलाई सहयोग गर्नुप¥यो भन्ने अनुरोधले पनि आनन्दित भएका छन् भने कतिपय कनिका चारो चर्न पल्किएका झोलेहरुलाई एउटै पिर छ– हाम्रा बा रहन्छन् कि रहन्न् ? हाम्रा बा आउँछन् कि आउन्नन् ? यही रन्थन र पिरलोले पिरलिएका छन् ।
केही नेताहरु यति गर्दागर्दै पनि पार्टी फुटिहाल्यो भने जनतासँग के भन्न जाने ? कुन मुखले जाने ? भन्ने चिन्तामा पनि छन् कि भन्छु है । भारतलगायत अन्य देशका राजदूतहरुले कसैलाई जानकारी नै नगराई प्रधानमन्त्र, मन्त्री तथा सचिवलगायत अन्य नेताहरुलाई भेट्दा मुलुकको परराष्ट्र मन्त्रालयको के काम ? भनेर टिप्पणी गर्ने वर्तमान सरकारका मन्त्री तथा उनका सल्लाहकारहरुले चिनिया राजदूत होऊ यानछीले राष्ट्रपति, प्रधानमन्त्रीलगायतका वरिष्ठ नेताहरुलाई भेटेको विषयमा भने जिम्मेवारीपूर्ण जवाफ दिन चाहेनन् । योभन्दा पहिले राजदूत यानछीले ०७७ बैशाख १८ गते राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेटघाट गरेकी थिइन् भने यसपल्ट असार १९ गते भेटघाट गरेकी थिइन् ।
त्यस्तै बैशाख १९ गते अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन्, भने यसपटक नेता माधवकुमार नेपाललाई असार २१ गते र वरिष्ठ नेता भलनाथ खनालसँग असार २३ गते भेटघाट गरिन् । तर यो भेटघाटलाई हलुको जवाफ दिएर टार्न खोजेका छन् र भन्छन् – सुझाव त कले के दिन्छ दिन्छ तर निर्णय आफ्नो हो भनेर जवाफ दिन्छन् । पहिलेपहिले राजदूतसँगको भेटघातलाई पोर्ट पोलियो मिलेन, वरियता मिलेन भनेर टिप्पणी गर्नेहरु यसपालिको मान्छेको भेटघाट कार्यक्रम पार्टी जोगाउन र सरकार टिकाउनको लागि गरिएको भएर हुनसक्छ त्यस विषयमा अनभिज्ञजस्ता छन् । अस्ति बुधवार भएको दुई अध्यक्षबीचको सम्वाद पनि बिना अर्थको रह्यो । अर्थात् टुङ्गोमा पुग्न सकेन । हतारहतारमा वर्षे अधिवेशन समाप्त भएको प्रमाणित गर्ने सिफारिस पत्र राष्ट्रपतिलाई लेखेर पठाउनु र राष्ट्रपति कार्यालयबाट पनि बिना कुनै निकाय दल वा नेताहरुसँग परामर्श नगरी एकैचोटि अधिवेशन समाप्त भएको घोषणा भएपछि सदनमा केही तरंग उत्पन्न भयो ।
विपक्षी दलहरुले त त्यसको विरोध गरेकै छन् । त्यति हुँदाहुँदै पनि नेकपाका स्थायी कमिटीका नेताहरुले समेत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केही शर्मा ओलीसँग त्यसको जवाफ माग्ने पालो पर्खिरहेका छन् । त्यो कुरा सुन्न न त प्रधानमन्त्री ओली नै स्थायी कमिटीको बैठकमा उपस्थिति हुन्छन् । न त ती नेताहरुको प्रश्न गर्ने पालो आउँछ । बिना जानकारी सदनको अधिवेशन किन अन्त्य गरियो ? भन्ने प्रश्नमा भूमिसुधार तथा व्यवस्थामन्त्री पद्मा अर्यालले भन्छिन् – संसद रतौली खेल्ने थलो नभएको र सरकारसँग विज्नेस पनि केही नभएको हुादा संसदको अधिवेशन अन्त्य गर्नलाई सिफारिस गरेको हो ।
मन्त्रीले त्यसरी जवाफ दिइसकेपछि सदनको अधिवेशन स्थगनसम्बन्धी विषयको जवाफ प्रधानमन्त्रीले दिनै परेन । तर यतिले मात्र पार्टीभित्रको सल्किरहेको आगो त निभ्दैन नि । तर प्रधानमन्त्री ओलीले नेकपाको स्थायी कमिटीका नेताहरुको विचार सुन्न र प्रश्न ग्रहण गर्न इच्छुक नहुनुको आशय पनि नेकपा पार्टी भन्ने पनि केही होइन । बैठकबाट भएको निर्णयले पनि सरकार र पाटीृमा केही प्रभाव पार्न सक्तैन भन्नु हो । नेपाली राजनीति र सीमासम्बन्धी विवादका सन्दर्भमा भारतका विरुद्ध चीन नेपालको पक्षमा उभियो भनेर कुनै पनि राजनैतिक दलका नेताहरु र सरकार चलाउने खुसी हुनुपर्ने अवस्था छैन । संसारमा निःस्वार्थ रुपमा कुन चाहिँ छिमेकी सधैँभरि अकाृको निम्ति लड्न आउला ? के नेपालको राजनीति, शिक्षा, स्वास्थ्य, सीमा, व्यापारलगायतका सबै विषयको जिम्मा चिनलाई दिन सकिन्छ ? होयन भने चीन र भारतको स्वार्थ मिल्यो भने उनीहरु एक भएर आउँछन् ।
हामी सबै नेपालीले बुझ्नुपर्ने कुरा कालापानी, लिम्पियाधुराको बाटो बनाउँछ । जसरी नेपाललाई जानकारी समेत नदिएर चीन र भारतको सहमतिबाट निर्माण भएको थियो त्यसैगरी उनीहरुको स्वार्थ बाझिँदासम्म मात्र उनीहरु एकअर्काको विरुद्धमा उत्रिन्छन् । स्वार्थ मिल्यो भने उनीहरु एक भएर आउँछन् । किन चीन, भारतमात्र स्वार्थ मिल्यो भने युरोप, अमेरिकासँग पनि सहमति हुन्छ । त्यसैले हामीले कुनै पनि छिमेकीलाई चिढाउनु हुन्न, पिराउनु हुन्न । ख्याल गर्नुपर्ने कुरा पाडा खानेले बाच्छा पनि खान्छ । राजनिितमा आफूले चाकडी गरेर अरुलाई दलाल र गुलाम भन्नेहरु सबैभन्दा बढी राष्ट्रघाती हुन्छन् । त्यस्तासँग सतर्क हुनु जरुरी छ ।
अहिले नेपालको सत्ताधारी दलमा देखिएको आपसी किचलोमा यही दलाल र गुलामको आरोप लाग्ने गरेको छ । उनीहरुले दुई खेमाले दुवैलाई लगाउने परेको एउटै आरोपको नेपाली जनताले अध्ययन तथा विश्लेषण गरिरहेका छन् । नेकपामा देखिएको अभद्रता र एकले अर्को खेमालाई लगाउने गरेको दलाल र गुलाम भन्न आरोप प्रत्यारोपले गर्दा मुलुकमा उत्पन्न असहज परिस्थितिलाई निवारण गर्नको लागि भन्दै एउटा गजवको वाक्य सार्वजनिक भएको छ । समस्या समाधान गर्न सहमति गर्दै सहमतिको लागि सहमति खोज्ने सहमति गरेका छन् रे । त्यसका निमित्त दुवै नेतालाई धन्यवाद दिनैप¥यो । चाहे त्यो शब्दजाल पूर्ण तरिकाले बेरिएको काम्लामा सातु मुछेको शब्द किन नहोस् ।
अलि लामो समयसमम आवरुद्ध भएको छलफल दुवै अध्यक्षबीच वान टु वान छलफलमा पनि आजका दिनसम्म जस्तोसुकै सम्वाद भएको भए पनि प्रधानमन्त्री ओलीले स्पष्ट भनिसकेका छन् म दुवै पद छोड्दिन । यसरी तीतो सम्वाद गरेर अर्का अध्यक्ष प्रचण्डले यदि तपाईंले कुनै पद छोड्न सहमति हुनु हुन्न भने अब वार्ता नहुन पनि सक्छ भन्ने जवाफ दिँदै बारिह निस्के रे । यति हुँदा पनि पार्टीको माथिल्लो तहको नेतृत्वमा बस्नेहरुले जनता र कार्यकर्ताहरुलाई अल्मलाउँदै सहमति हुन्छ भन्दै छन् । आफ्नो विवादमा लड्ने बेला आ–आफू अनि दोष चाहिँ अर्कोलाई । अहिलेको नेपाली राजनीतिमा नेकपाको लडाईँ त कस्तो देखियो भने आफूले छुरा लगाएर दिएर खौरन लगाउने ।
अनि उसले फाल्दियो र पो नत्र मैले कहाँ जुँगा पाल्थेँ र भन्ने जस्तो जुँगाको लडाईँ देखिएको छ । दुवै पक्षले एकअर्कामा गर्नुपर्ने आरोप–प्रत्यारोप र लान्छना केही बाँकी छैन । सायद सरकारले त अहिले मुलुकभित्रका वर्तमानका घटनाहरुको बारेमा जानकारी पाउन पनि छोडिसकेको के हो ? आफ्नो सत्ता र शक्तिको बाँडफाँडको कुरा आएपछि, अहिले सायद उनीहरले । उनीहहरुले केवल नेपाली सेनाले निर्माण गर्न लागेको टिंकर जोड्ने घोरेटो बाटो निर्माणमा भारतीय पक्षबाट गरिएको अवरोधलाई झल्झली सम्झिरखेका छन् होला । किनभने भारतले नै नेकपाको प्रचण्ड माकुने खेमालाई ओली र ओली सरकारविरुद्ध उचालेको भन्ने कुरा प्रधानमन्त्रीले सार्वजनिक रुपमै स्पष्ट पारिसकेका छन् ।
भारतले उचाल्देर नेकपाभित्र विवाद बढ्यो भन्न नेकपाका सरकारी खेमाका नेताहरु अघि मुख लगाउँछन् । तर उक्त समस्या समाधानमा चीनले सहजीकरण गर्न लागेको हो भन्ने प्रश्नमा स्वीकार्न लाज मान्छन् । पार्टीको अन्तरकलहमा युद्ध र शक्तिका निमित्त सहजीकरण जसले जति गरे पनि सम्वादकर्ता दुई पक्ष बीचमा सहमति आउनुप¥यो । अनि मात्र त्यो सहजीकरणले सार्थकता पाउँछ । आज जुनसुकै तहका बैठकहरु जति पटक बसे पनि खास जवाफ दिने व्यक्तिले केही सदस्यहरुको धारणा सुनिसकेपछि उपस्थिति नै न्यून भइसक्यो भने अब हुने छलफल भनेको त पहिले दुवै पक्षका नेताहरुले आ–आफ्ना प्रश्न राख्ने हो अनि मात्र छलफल हुने हो ।
एउटा खेमाका सर्वेसर्वा प्रधानमन्त्री ओली छन्, उनले स्वविवेकको प्रस्ताव प्रश्न र निर्णय गर्न सक्छन् तर अर्का सम्वादकर्ता प्रचण्ड त आफ्नो समूहको प्रतिनिधित्व हुने गरी प्रश्नोत्तर र निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले यिनी विषयहरु वार्ता भयो, बिना निष्कर्ष भन्ने समाचार दिनका लागि मात्र हुन् । यो सबै ओलीजीले त्यही झुण्डलाई थकाउनका निमित्त गरिएको खेल पनि हुनसक्छ । त्यसैले अब यो सहमति भयो, निर्णय भएन भन्ने समाचार अब नेपाली जनतालाई चाहिएन । त्यसैले जबसम्म निर्णय हुँदैन या सहमति हुँदैन तबसम्म यस विषयको समाचार सार्वजनिक नगर्न जनताले भनिसके ।