Goraksha

National Daily

मुक्तिनाथ बैंकको अफर : सवारी साधनलाई व्याजमा छुट

दाङ, २४ असार । मुक्तिनाथ विकास बैक लिमिटेडले सवारी साधन खरिदका लागि लिएको कर्जाको व्याजमा १० प्रतिशत छुट दिने भएको छ । बैंकले लकडाउनको समयमा सार्वजनिक सवारी साधन सञ्चालन हुन नसकेकाले समस्या परेको भन्दै ग्राहकलाई केही मात्र भए पनि सहयोग पुगोस् भनेर व्याजमा छुट दिएको मुक्तिनाथ विकास बैंकका घोराही शाखाका प्रमुख युवराज भण्डारीले बताए ।

उनका अनुसार बैकले सार्वजनिक सवारी साधन खरिदका लागि लिएको ऋणको बुझाउनुपर्ने व्याज चैतदेखि असार समान्तसम्म बुझाउनुपर्ने व्याज असार मसान्तसम्म बुझाउनेले यस प्रकारको सेवा पाउने छन् । त्यसैगरेर बैंकले लकडाउन अवधिभर सार्वजनिक सवारीका साधन सञ्चालन नभएको कारण मर्मत गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेकालाई थप १० प्रतिशत ऋण दिने भएको छ । जसले गर्दा सवारीका साधन मर्मत गरेर सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘ग्राहकको विश्वसनीयताको आधारमा बैंकले यस प्रकारको ऋण दिनेछ’, प्रमुख भण्डारीले भने ।