लकडाउन खुकुलिएसंगै उद्योगी व्यवसायीहरु चुनावी अभियानमा
गोरक्ष समाचारदाता
तुलसीपुर, २४ असार । लकडाउन खुकुलो भएसंगै उद्योगी व्यवसायीहरु फेरी चुनावी मैदानमा अभियानमा जुट्नथालेका छन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता पोखरामा तय भएको महाधिवेशन कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो । अहिले त्यसैअनुरुप उद्योग वाणिज्य महासंघ चुनावी मैदानमा जुट्नथालेको हो ।
नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो । अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र प्रासाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् ।
केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारि दर्ता
तुलसिपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष एवं क्लिन तुलसीपुर/ग्रिन तुलसीपुर सरसफाई अभियानका अभियान्ता बिमल रिजालले केन्द्रिय सदस्यमा उम्मेदवारि घोषणा गरेर आफ्नो चुनाबि अभियानलाई पुनःतिब्रता दिने तयारिमा लागेका छन् । चुनावको पुनः अभियान सुरुभएसंगै यहि असार २२ गते केन्द्रिय सदस्यकालागी उम्मेदवारी दर्ता गरेको रिजालले बताए ।
‘निर्वाचन कमिटिको निर्णय अनुसार अहिले अनलाइन उमेदवारी दर्ता भएको हो, थप डकुमेण्ट लिएर केहि दिनमै काठमाण्डौ जाने तयारीमा छौं’—अध्यक्ष रिजालले भने । कोभिड १९ को महामरि भित्रियसंगै स्थगित भएको चुनाबि अभियान महासघको पछिल्लो निर्णय सार्बजनिक भए पछि पुनः देशभर चुनाबि सरगर्मि बढन थालेको हो । अहिले अनलाइन मार्फत सवै ठाउंबाट उम्मेदवारी दर्ता सुरु भएको छ । असार २१ गतेदेखि उम्मेदवारी दर्ता खुल्ला गरिएको हो ।
तुलसिपुर उधोग बाणिज्य सघं लगायत देशभरिका निजि क्षेत्रले स्थानिय सरकार सग मिलेर कोरोना नियन्त्रण अभियानमा महत्वपुर्ण भुमिका खेलि रहेको भन्दै केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले अझैपनि निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताए ।
लकडाउन सहज भएसंगै कोरोनाको महामारी नदेखिएको अवस्थामा चुनाव तोकिएको समयमै हुने पनि उनको अभिव्यक्ति थियो । लकडाउनसंगै व्यवसायीहरुले यतिवेला सामाजिक सन्जाल र सुचना प्रविधिसंग जोडिएर आफ्नो चुनावी अभियानलाइ तिब्रता दिन थालेका हुन् ।साथै भबिष्यमा आईपर्ने हरेक गतिबिधिहरु सगं जुधेर सामना गर्न आफुहरु निरन्तर लागि पर्ने रिजालले बताएका छन् ।
मगंलबार तुलसिपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पुन महासघको केन्द्रिय सदस्यमा पुर्ब अध्यक्ष बिमल रिजालको नाम सर्ब सम्मत पारित गर्दै नेपाल उधोग बाणिज्य महासघको कार्यकारिणि समितीको सदस्य पदमा उम्मेदवारि दर्ता गराएको छ ।
देशभरका जिल्लाहरुबाट उत्साहजनक समर्थन पाएका केन्द्रिय सदस्य पदका उम्मेदवार रिजालले समाजमा गरेको योगदान र तुलसिपुर उधोग बाणिज्य सघको नेतृत्वमा रहदा ल्याएका लोकप्रिय कार्यक्रमहरु,सरसफाई अभियानको मोडेल,बन्द भएको दाङ एयरपोर्ट सन्चालन देखि सभाहल निर्माणका प्रक्रियाहरु उदाहरणिय कामको रुपमा लिने गरिएका छन ।
प्रत्यक्ष निर्बाचनबाट १८ जना केन्द्रिय सदस्यहरु निर्बाचित हुने बिधानतहः ब्यबस्था महासघको रहेको छ भने १८ जना मध्य टप फईभ भित्र तुलसिपुर बाट बिमल रिजाल पर्ने आकलन महासघको बर्तमान नेतृत्वले गरेको छ ।
