Goraksha

National Daily

प्रधानमन्त्री ओलीको समर्थनमा घोराहीमा प्रदर्शन

दाङ,२४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नहुने भन्दै घोराहीमा प्रदर्शन गरिएको छ । राष्ट्रियता र जनजीविका सवालमा स्पष्ट अडान लिने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई हटाउन खोजिएको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरुले बुधवार घोराहीमा प्रदर्शन गरेका हुन ।

उनीहरुले जनताले पाँच बर्षका लागि ओलीलाई सरकार सञ्चालनको जिम्मा दिएपनि केही व्यक्तिहरु विदेशीको प्रलोभनमा परेर जनताको म्याण्डेटलाई विर्सिएर प्रधानमन्त्रीलाई हटाउन खोजेको बताएका थिए । केपी शर्मा ओलीलाई हटाउन खोजिएको भन्दै स्वतन्त्र युवा विद्यार्थी अभियानको नाममा विरोध प्रदर्शन गरिएको हो । ओलीको समर्थनमा भएको कार्यक्रममा नेकपाभित्रको पूर्व एमाले खेमाका नेता तथा कार्यकर्तासँगै जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

घोराहीको शहिदगेटबाट सुरु भएको विरोध¥याली नेपाल बैंकरोड,दामोदरचोक हँुदै तुलसीपुरचोक आएर सकिएको थियो । प्रदर्शनकारीले ‘आजलाई होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई’, ‘देशको मुहार फेर्नु छ साथी,पार्टी भन्दा राष्ट्रमाथि’,‘आई एम विथ केपी ओली’, ‘नागरिकता विधेयक पारित गर’ भन्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

विरोध¥याली पछि भएको कोणसभालाई बाम बुद्धिजीवी नेमकुमार न्यौपाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले राष्ट्रियताको रक्षा र जनजीविको पक्षमा काम गरेर लोकप्रिय कमाएको सरकारलाई हटाउन खोज्नु दुखद भएको बताए ।