लकडाउन मात्र कोरोना सङक्रमणबाट वच्ने सबै उपाय होइन
दाङ, २४ असार । डा.अरविन्द भुसालले कोराना सङक्रमण वाट बचने उपाए लकडाउ मात्र सबै विकल्प नभएको बताएका छन् । लकडान गरेर मात्र समस्याको सममाधान हुन नसक्ने भन्दै अन्य उपाय खोजि गरिनु पर्ने बताए । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समुहले आयोजना गरेको कोरोनाको सङकट र मनोसामाजिक समस्या विषयक अनलाइन अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन ।
‘हरेक नागरिकले सुरक्षीत भएर आआप्mना गतिवधि गर्ने पाउनु पर्दछ’ डा भुसालले भने । राज्यले त्यसै अनुसारको व्यवस्था मिलाउनु पर्ने उनको भनाइ रहेको छ । कोरोनाको महामारीको समयमा चिन्ता र असन्तोष मनमा राख्न नहुने भुसालले बताए । चिन्ता र असन्तोषले मानिसलाई थप कमजोर वनाउने उनले बताए ।
यस समयमा प्रकृति संग रमाएर उनको सुझाव थियो । महामारीको समयमा कडा खालको दुव्र्यसनीमा लाग्ने संभावना हुने चर्चा गर्दै डा.भुसालले त्यस तर्फ जोगिएर अगाडि वढ्न आग्रह गरे । उनले यो बिचमा कसैमा मानसिक तथा अन्य कुनै समस्या आएमा बिना हिचकिचाहट चिकित्समको सम्पर्कमा पुग्न पनि उनले सुझाएका छन् । सो अन्तरक्रियाको सहजिकरण डा.उमेश केसी गरेका थिए भने कार्यक्रमको संयोजन गणेश न्यौपाने गरेका थिए ।
