कुलोमा लडी एकको मृत्यु
दाङ,२४ असार । दाङमा खेतमा काम गरी घर फर्कने क्रममा कुलोमा लडेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा अन्नपुर्णटोल निवासी ४८ बर्षीय केशर बहादुर भण्डारीको मृत्यु भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।
खेतमा काम गरी घरमा फर्कने क्रममा घरदेखी करिव ५० मिटर पश्चिमतर्फ रहेको नौबस्ता कुलोमा लडी पानीमा डुबिरहेको अवस्थामा भण्डारी फेला परेका थिए ।
कुलोमा लडेर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मंगलवार राती मृत्यु भएको प्रहरी बरिष्ठ उपरिक्षक बैद्धवारले जानकारी दिएका छन् । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
