डिभिजन कार्यालयद्धारा निशुल्क फलफुलका विरुवा वितरण
शिवराज खनाल
लमही,२३ असार । डिभिजन बन कार्यलय देउखुरीले फलफुल तथा बन प्रजातिका बिरुवा निशुल्क बितरण गर्न सुरु गरेको छ ।
लमही सब डिभिजन बन कार्यलय र गढवा सब डिभिजन बन कार्यलयबाट ७५०० का दरले दुबै स्थानबाट फलफुलका बिरुवा बितरण गरेको डिभिजन बन कार्यलय देउखुरीका साहयक बन अधिकृत प्रेमिलालप्रसादले जानकारी दिएका छन् ।
उनका अनुसार आपका १२ हजार , लिची एक हजार, कटहर ५ सय ,बेलौती (अम्बा) ५ सय, अनारका बिरुवा ५ सय गरि जम्मा १५००० बिरुवा निशुल्क बितरण गरेको हो ।
राष्ट्रिय बृक्षारोपण कार्यक्रम अन्तर्गत प्रत्यक जनताले कम्तिमा एउटा बिरुवा रोपेर हरियाली बाताबरणलाइ संरक्षण गर्न र स्थानिस्तरमा फलफुलका बिरुवाबाट आगामी दिनमा आर्थिक आम्दानी वृद्धि गर्ने उद्देश्यले फलफुलका बिरुवा बितरण गरिएको डिभिजन बन कार्यलय देउखुरीका अधिकृत प्रबिन बिडारीले जानकारी दिएका छन ।
साथै बन प्रजातिका २ लाख २० हजार बिरुवा बितरण कार्य जारिरहेको डिबिजन बन कार्यलय देउखुरीले जानकारी दिएको छ ।
