Goraksha

National Daily

देउखुरीको आइशोलेशन सेन्टरमा कांग्रेसद्वारा फलफुल वितरण

शिबराज खनाल
लमही असार २२ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरीले कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा फलफूल बितरण गरेको छ ।
राप्ती गा पा ३ मौरिघाट स्थित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा रहेका ६२ जना कोरोना सन्क्रमितहरुलार्इ मनोबल बढाउन भन्दै आइसोलेसन सेन्टरमै पुगि फलफुल बितरण गरेको हो ।
कोरोना सन्क्रमितहरुको मनोबल उच्च बनाउने उद्देस्यले फलफुल बितरण गरिएको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डेले बताए ।

उक्त फलफूल बितरण कार्यक्रममा महसमिती सदस्य जानकीलाल बस्नेत, जिल्ला सदस्य हरि भुसाल, प्रदेश क का सभापति तारा डिसि, नेपाली काङ्ग्रेसका नेता बुद्धिप्रकाश चौधरी र किशोर पुनलगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले कोरोनाका बेला फ्रन्ट लाइनमा रहेर काम गर्ने सम्पूर्ण स्वास्थकर्मी, सुरक्षाकर्मि जनप्रतिनिधिहरु र पत्रकारलाइ धन्यवाद समेत ब्यक्त गरेको छ ।