दंगीशरणका किसानलाई टनेल वितरण
दिप्तीशिखा चौधरी
दंगीशरण, २२ असार । दगीशरण गाउँपालिका कृषि शाखाले कृषकहरुलाई टनेल वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका किसानहरुलाई टनेल वितरण गरेको हो ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरर्गत किसानहरुलाई बेमौसमी तरकारी खेतीका लागि टनेल वितरण गरेको कृषि शाखाका मानबहादुर डांगीले जाकारी दिएका छन् । किसानहरुलाई वडामै गएर टनेल बितरण गरिएको हो । गाउँपालिकाले वडा नं. ६ र ७ का किसानहरुलाई वितरण गरेको हो ।
वडा न ६ का १३ जना र वडा न ७ का १३ जना गरि २६ जना कृषक समुहलाई वितरण गरिएको थियो । तरकारी खेतीका लागी टनेल पाएपछि किसानहरु खुसी भएका छन् । दंगीशरण ७ का भीखुराम चौधरी तरकारी खेती गर्न लागेको धेरै भो । तर मौसम अनुसारको कृषि सामग्री नहुदाँ मनग्य रुपमा आम्दानी गर्न नसकेको बताए ।
वडा न ६ का वडा अध्यक्ष टंकबहादुर वलीले किसानलाई टनेल प्रयोग गरेर बेमौषमी तरकारी खेती गर्न आग्रह गरे । टनेल प्रयोग गरी खेती गर्दा किसानहरुलाई आफुले रोपेको तरकारी विभिन्न रोगको संक्रमणबाट बचाउन सहयोग पुग्ने समेत बताए ।
त्यस्तै वडा न ७ का वडा अध्यक्ष विर बहादुर वलीले टर्नेल वितरण गर्दा कृषकहरुलाई राहत हुनुका साथै उनीहरुको अन्य लगानी खेर नजाने बताए । तरकारी खेतीमा लागेका कृषकहरुलाई कम लगानी गर्न परोस भन्ने उद्धेश्यले यस्तो खालको कार्यक्रमको आयोजना गरिएको बताए । अध्यक्ष वलीले समय अनुसार कृषकहरु खेती तरकारी खेती गर्नुपर्छ यसका लागि आवश्यक कृषि सामग्री पनि चाहियो त्यसैले तरकारी खेतीका लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्र्तगत किसानहरुलाई बेमौसमी तरकारी खेतीका लागि टर्नेल वितरण कार्यक्रम उपलब्धिमुलक छ ।
यसैबिच वडा न ३ का किसानहरुलाई यस अघि नै वितरण गरिसकेको छ । वडा अध्यक्ष पूर्ण बहादुर चौधरीले कृषकहरुलाई टर्नेल वितरण गरेका हुन् । किसानहरुको माग अनुसारका कार्यक्रमले किसानहरुलाई धेरै सहयोग भएको भन्दै अध्यक्ष चौधरीले टर्नेललाई सहि ठाउँमा प्रयोग गर्न आग्रह गरे । यस्तै वडाले दुई वटा धान काट्ने मेसीन समेत किसानहरुलाई उपलब्ध गराएको जनाएको छ ।
कार्यक्रममा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमका श्रीधर कुमार राजभण्डारीले मुख्यमन्त्री ग्रामीण बिकाश कार्यक्रमको मुख्य उद्धेश्य कृषकहरुको आम्दानीको स्रोत बढाउँने बताएका थिए । कार्यक्रम ग्रामीण भेगमा रहेका जनताहरुको मागलाई सम्बोधन गर्न सचांलीत कार्यक्रम रहेको जानकारी दिदै किसानहरुले यसको ठिक ठाउँमा लगानी गरेमा उपलब्धि हासील गर्न सकिने बताए ।
