सन्तोष श्रेष्ठको ‘मायामा मालामाल’ सार्वजनिक
दाङ,२२ असार । संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
सैयौं गीतहरुमा संगीत भरेर लोकप्रियता हासिल गरेका श्रेष्ठद्वारा स्वरबद्ध ‘मायामा मालामाल’ गीतको भिडियो सार्वजनिक भएको हो ।
डा. नवि अधिकारी टाकिन्द्रको शब्द र सन्तोष श्रेष्ठकै संगीत रहेको गीतमा श्रेष्ठलाई गायीका मीना कार्कीले साथ दिएकी छिन् । म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको गीत युट्यूवमा राम्रै रुचाइएको छ ।
श्रेष्ठले संगीत भरेका तिमीले पराई ठानेपछि, तिमीले हाँसो लुटी गयौं, तिम्रो सम्झनाले मलाईलगायतका सैयौं गीतहरु सर्वाधिक रुचाइएका थिए ।
