Goraksha

National Daily

तुलसीपुुर कारागारमा एक कैदीको मृत्यु

दाङ,२२ असार । दाङको तुलसीपुर कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

ठगी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका कपिलवस्तु जिल्ला मायादेवि गाउँपालिका वडा नं. ४ निवासी ६९ बर्षीय अमिरुल्ला मुसलमानको मृत्यु भएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिएका छन् ।

‘४÷५ दिनदेखि बिरामी रहेका मुलसमानको तुुुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लग्ने ल्याउने काम गरिरहेका थियौ’–जेलर परियारले भने–‘आज विहान पुन : विरामी भएपछि ६ बजे अस्पताल पु¥याएका थियौ ।’ सोमवार विहान अस्पताल पु¥याइएका मुसलमानको विहान ७ बजेतिर मृत्यु भएको थियो ।

उनमा पेट दुख्ने,रगतमासीलगायतका समस्या देखिएको जेलर परियारले जानकारी दिएका छन् । ठगी मुद्धामा सजाय भुक्तान गरिरहेका मुसलमान २०७६ साल पुसको ९ गते कपिलवस्तु जिल्ला कारागारबाट तुलसीपुर कारागारमा स्थान्तरण भएका थिए ।