Goraksha

National Daily

बबईमा विकासका काम सक्न हतार

देवी भण्डारी हापुरे, २१ असार । आर्थिक वर्ष सकिनै लाग्दा विकास निर्माणका काम पूरा गर्न स्थानीय सरकार लागिपरेका छन् । कोरोना भाइरसको त्रासका कारण केही समय काम गर्न नपाएका स्थानीय सरकारलाई अहिले भने काम सक्न हतार भएको छ । जसको उदाहरण हो पश्चिम दाङको बबई गाउँपालिका ।

गाउँपालिकालाई अहिले विकास निर्माणका योजनाहरु पूरा चटारो परेको छ । थोरै मात्र विकास आयोजना सम्पन्न गरेको बबई गाउँपालिकाले असार महिनामा धरै आयोजना सम्पन्न गर्नुपर्ने छ । बबई गाउँपालिकामा यस वर्ष सडक र सिचाईंको लागि नहर निमार्णका योजनाका काम भइराखेका छन् । गाउँपालिककामा यस वर्ष करिब २ किलो मिटर सडक पिच गर्ने काम सम्पन्न भएको छ ।

त्यसैगरी ३ हजार ७ सय मिटर सडक निमार्णाधीन अवस्थामा रहेको बबई गाउँपालिका योजना शाखा प्रमुख तिलक केसीले जानकारी दिएका छन् । ‘अहिले धेरै विकास निर्माणका कामहरु चालु छन्’–केसीले भने–‘कोरोनाका कारण पहिले काम गर्न सकिएन, अहिले विकासका काम भइरहेका छन् ।’ उनका अनुसार यो वर्ष १० किलोमिटर सडक स्तरोन्ति ४ किलो मिटर सडकको नयाँ ट्रयाक खोल्ने काम भएको छ ।

गाउँपालिकाले सडक पक्की गर्ने काम गरेपछि स्थानीय खुशी भएका छन् । पहिले सडक सानो हुँदा धेरै धुलो उड्ने भए पनि अहिले ठूलो सडक र पिच हुँदा आपूmहरुलाई सहज भएको बताए । ‘पहिले धुलो उड्ने सडक थियो, अहिले सडक पिच भएपछि सहज भएको छ’–बबई–५ का स्थानीय कुलप्रसाद केसीले भने–‘पहिले निकै समस्या भएको थियो, आजभोलि सडक पिच भएपछि सहज भएको छ ।’ त्यस्तै बबई गाउँपालिकामा सडकसँगै सिचाईंका योजनाहरु समेत भइरहेका छन् ।

अहिले वडा नं. ५ सिचाई नाला, वडा नं. ६ मा धरहेको जिरायत नहर, सुपारे सिचाईं नहरहरु निर्माणको काम भइरहेको योजना प्रमुख केसीले बताए । गाउँपालिकाको प्रशासनिक भवन पनि अहिले निर्माणाधीन रहेको छ । त्यस्तै वडा नं. ७ को वडा कार्यालय निर्माण समपन्न भइसकेको छ भने वडा नं १, ४, ५ र ६ को कार्यालय पनि निर्माणाधीन अवस्थामा रहेका छन् । जसको निर्माणको काम अहिले भइरहेको छ ।

यसैगरी वडागत रुपममा स्वास्थ भवन पनि निर्माण भइरहेका छन् । वडा नं ७ मा स्वास्थ कार्यालय निर्माण भइसकेको छ भने वडा नं. २, ५ र ४ मा स्वास्थ्य भवन निर्माण अन्तिम चरणमा पुगेको छ । बबई गाउँपालिकामा रहेको सरस्वती मावि चरकमटियामा ४ कोठे भवन, मावि पदमपुर, भागाबारी विद्यालयमा २÷२ कोठे भवन निर्माणको काम सकिएको छ ।

यसैगरेर गाउँपलिकाले पर्यटन विकासलाई पनि उत्तिकै जोड दिएको छ । बबई गाउँपलिकामा रहेको पार्क निर्माण, धनमास मन्दिर, पञ्चकुले मन्दिर, निर्माण गरेको बबई गाउँपालिका पूर्वाधार शाखा सवइञ्जिनियर हेमराज वलीले जानकारी दिएका छन् ।