‘फेस सिल्ड’ निर्माण गर्दै युवाहरू

  •   
  •  

अमरराज आचार्य
दाङ, २१ असार । आइतवार करिब दिउँसो साढेदुई बजेको थियो, घोराहीको रतनपुर नजिक केही युवा तथा युवतीहरु हातमा प्लास्टिक समाइरहेका थिए त कसैले काटिरहेका थिए । सबै आ–आप्mना काम गरिरहेका थिए । उनीहरुलाई काम गर्न कसैले बोलाएको पनि होइन तर स्वतःस्फूर्त रूपमा त्यहाँ आई काममा सघाइरहेका थिए । उज्यालो विहानी फाउण्डेशनले निर्माण गर्न थालेको ‘फेस सिल्ड’ निर्माणका लागि त्यसरी युवायुवतीहरू स्वतःस्फूर्त रुपमा जोडिँदै सक्रिय भएका हुन् ।
सामाजिक कार्यमा गर्ने रुचि भएकाले काम गर्न आएको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी प्रतीक्षा केसीले बताइन् । ‘काम गर्नका लागि कसैले बोलाएको होइन फाउण्डेशनले यस प्रकारको काम गर्दै छ भन्ने सुनेर आएको हुँ’–केसीले भनिन् । सामाजिक कार्यमा जोडिन पाउँदा आफूलाई खुशी लागेको उनको प्रतिक्रिया थियो । ‘सामूहिक रुपमा काम गर्दा थकान र मिच्छाट नलाग्दो रहेछ’–उनले अनुभव सुनाउँदै भनिन्, ‘खाना खाएर आएपछि दिनभरि काम गर्ने गरेका छौँ, दिउँस खाजा भने फाउण्डेशनले नै खुवाउने गरेको छ ।’
उनीजस्तै घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी वेञ्जु घिमिरे पनि ‘फेस सिल्ड’ बनाउने काममा जोडिन आएको २ दिन भयो । ‘फुर्सदको समयमा घरमा बसेर मात्र के गर्नु सामाजिक सेवा गर्नु पर्दछ भनेर आएको हुँ’–घिमिरेले भनिन् । सामाजिक कार्यमा सहभागिता जनाउने उनको सानैदेखिको रुचि रहेको बताइन् । त्यसैले सुनेर आफै आएको उनको भनाई रहेको छ । ‘सामाजिक सञ्जालमा फाउण्डेशनले यस प्रकारको काम थालेको थाहा पाएर आएको हुँ’ घिमिरेले भनिन् । सामूहिक रुपमा काम गर्दा काम गर्दा रमाइलो हुने गरेको घिमिरे बताउँछिन् ।
उज्यालो विहानी फाउण्डेशनले अहिले टेक्टर किन्ने पैसा जम्मा गर्नका लागि यस प्रकारको अभियानको थालनी गरेको फाउण्डेशनका सचिव तुला विकले बताए । ‘हामीले फन्ट जम्मा गर्ने उद्देश्यले यस प्रकारको अभियान सुरु गरेका हौँ’–सचिव विकले भने । जम्मा भएको रकमबाट टेक्ट् खरिद गरेर कृषिमा लगाउने उनको भनाइ रहेको छ । ‘अहिले खेत तथा बाली जोत्नका लागि टेक्टरहरुले धेरै रकम लिने गरेका छन्, उनीहरुले भन्दा सस्तोमा आफूहरुले जोतिदिने योजनाका साथ हामी आउँदै छौँ’–उनले आफूहरूको योजना सुनाए । यसो गर्दा कृषिमा लाग्नेहरुलाई थोरै मात्रमा भए पनि सहयोग पुग्ने अपेक्षा संस्थाले गरेको छ । ‘टेक्टर किन्नका लागि व्यक्तिले रकम उठाउनुभन्दा यस प्रकारको अभियान थालेका हौँ’–विकले भने । ‘हेड सिल्ड’को विक्रीको आम्दानीबाट बनेको टेक्टर किन्ने फण्डमा यस्तै रचनात्मक काम मार्फत् रकम थप्दै जाने योजना रहेको पनि उनले बताए ।
अहिले १ हजार पिस ‘फेस सिल्ड’ निर्माण गर्न थालिएको छ । यसरी निर्माण गरिएको २ सय पिस फेस सिल्ड निःशुल्क रुपमा स्वास्थ्य क्षेत्रमा खटिनेलाई प्रदान गरिने उनले बताए । अरु ८ सय पिसलाई बजारमा विक्री गरिने भएको छ । बजारको मूल्यमा विक्री गरिने उनको भनाई थियो । एक हप्ताभित्र निर्माण गरिसकेर विक्री गरिने फाउण्डेशनले जनाएको छ । अहिले निर्माणका लागि दैनिक ३० जना युवायुवतीहरुले काम गर्दै आएका छन् । ‘यस कार्यक्रममा लेडिजहरुको बढी सहभागिता रहेको छ’–सचिव विकले भने । सामाजिक सञ्जालमा गु्रप कुराकानीबाट यस अभियान सुरु गरिएको उनको भनाई छ । ‘कसैलाई पनि काममा सहयोग गर्न आउनुस् भनेर भनेका छैनौँ, आफै आउनुभएको छ’ विकले भने । ‘फेस सिल्ड’ निर्माणका लागि आवश्यक पर्ने सामग्री केही जिल्लाबाटै र केही काठमाडौंबाट ल्याइएको उनले बताए । फाउण्डेशनले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
फाउण्डेशनमा जोडिएका युवाहरुले आप्mनो गोजाबाट रकम उठाएर लकडाउनको समयमा भोकाएका व्यक्तिहरुलाई खान खुवाउने, खान नपुग्नेलाई राहत प्रदान गर्ने, बस्ने व्यवस्था मिलाइदिने समेत गरेको थियो । यसैगरेर लकडाउनको समयमा कृषकहरुले उत्पादन गरेको तरकारीहरु खरिद गरेर सोही मूल्यमै उपभोक्ताको घरसम्म पु¥याउने काम समेत गरेको थियो भने कसैलाई रगत आवश्यक परेमा रगत प्रदान गर्ने तथा रक्तदाता खोजी गर्ने कार्यमा समेत खट्दै आएको छ ।