Goraksha

National Daily

जिल्ला समन्वय र प्रदेश सरकारको समन्वयमा क्वारेन्टानको अनुगमन

दिप्तीशिखा चौधरी
दंगीशरण, १९ असार । जिल्ला समन्वय समिति र प्रदेश सरकारको समन्वयमा शुक्रवार पश्चिम दाङको स्थानीय तहमा रहेका क्वारेनटानको ब्यवस्थापन र कामकाजका बारेमा अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समितिीदाङको संयोजकत्वमा प्रदेश सभा सदस्य ५ न प्रदेशका माननीयहरुको उपस्थितीमा विभिन्न स्थानमा रहेका क्वारेनटाइनहरुको बारेमा अवलोकन तथा समिक्षा गरेको हो ।

अनुगमनका क्रममा टोलीले दंगीशरणमा रहेको क्वारेन्टाइनको समेत अवलोकन तथा समिक्षा गरेको छ । अवलोकन पछि समिक्षात्मक छलफलका क्रममा टोलीले दंगीशरणमा रहेको क्वारेनटार्यनको ब्यवस्थापन राम्रो रहेको निष्कर्ष निकालेको छ ।

त्यस अवसरमा प्रदेशसभा सदस्य दामा शर्माले प्रदेश सरकारले पिसीआर चेकजाचँका लागि ६ वटा मेसिन खरीद गरेको बताउँदै भैरवा ,दाङ, बाकेँ र लुम्बीनी प्रादेशीक अस्पताल गरी चार ठाउँबाट पिसीआर विधीबाट चेकजाचँ भैरहेको बताईन ।

त्यस्तै प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ र विमला वलीले अनय स्थानीय तह भन्दा दंगीशरणमा सहज तरिकाले क्वारेनटाइन संचालन भैरहेको बताएका थिए । स्थानीय तहले ब्यहोर्न नसकेको खण्डमा स्थानीय तहले विल भपाई पठाएमा प्रदेश मात्र नभई संघले पनि बजेट पठाउँन सक्ने कुरा जानकारी दिए ।

त्यस अवसरमा जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रीधर शर्मा पौडेलले अहिलेसम्म रिपोर्टका आधारमा दंगीशरणको ब्यवस्थापन उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा सबै कुराको प्रबन्ध मिलाएर कार्य भैइरहेको भन्दै कोरोना संक्रमण हुन नदिन पालिकाले छलफल र सहकार्यबाट अगाडि बढिरहेको बताए । सुरुका दिनमा अति विपन्न वर्गलाई राहत बाड्नुका साथै बाहिर देश वा जिल्लाबाट आउँने

उपाध्यक्ष पिमा कुमारी खड्काले नागरीकहरु लुकेर आउँलान भनेरवडा वडामा जनप्रतीधिहरुलाई निगरानीमा खटाउँनुका साथै प्रहरी प्रशासनहरुको सहयोग लिईराखेको बताईन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चनद्रकान्त पौडेलले क्वारेनटाईनमा दिनमा दुई समय खाजा र दुई टाईममा खाना खुवाउँने गरेको बताउँदै खाने,बस्ने ब्यवस्थापन राम्रो गरेको बताए ।

स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले समस्या आईपरेमा हरेक वडामा आधारभुत स्वास्थ्य चौकी राखेको बताउँदै क्वारेनटाईनको रिपोर्ट जिल्लामा पठाईरहेको जानकारी दिए । दंगीशरणको दुई क्वारेन्टाईनमा रहेका ३ सय जनाको पिसीआर विधीबाट परिक्षण गरिसकेको र ४३ जनाको आरडिटी गरेकोमा ३ जनाको मात्र रीपोर्ट पोजेटिभ देखीएको जानकारी गराए ।

उनले २ सय ८२ वटा किट खरीद गरेको र विभीन्न संघ सस्ंथाबाट सहयोग आउँने क्रम जारी रहेको जानकारी दिए । साथै जिल्ला समन्वय समिति दाङले गाउँपालिकालाई सर्जिकल माक्स ४ सय ५० थान, ईन्फ्रारेड थर्मोमिटर १ थान, सर्जिकल ग्लोव ५० थान र ५ सय एमएलको ह्याण्ड सेनिटाईजर २ बोत्तल सहयोग स्वरुप उपलब्ध गराएको थियो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीलाई उक्त सामग्री हस्तानतरण गरिएको हो ।