औषधि वितरण गर्दै तुलसीपुर ११
तुलसीपुर, १९ असार । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयले शुक्रवार दिर्घरोगी जेष्ठ नागरिकहरुलाई औषधि वितरण गरेको छ ।
तुलसीपुर ११ स्थीत उरहरी स्वास्थ्य चौकीको सहकार्यमा वडा कार्यालयले ७० वर्ष माथिका ७३ जना दिर्घरोगीहरुलाई औषधि वितरण गरेको उरहरी स्वास्थ्य चौकी वेल्टाकुराका ईन्चार्ज चित्रवहादुर वलीले जानकारी दिएका छन् ।
स्वास्थ्य निरिक्षक समेत रहेका ईन्चार्ज वलीका अनुसार सुगर र प्रेसर रोगको नियमित औषधि खाने विरामीहरुलाई औषधि वितरण गरिएको हो । उक्त जेष्ठ नागरिकहरुलाई औषधि वितरण कार्यक्रमका लागी वडा कार्यालयले ५० हजार रुपैया विनियोजन गरेको हो ।
वडा सदस्य सुवास डांगीको अध्यक्षतामा भएको उक्त औषधि वितरण कार्यक्रममा वोल्ने वक्ताहरुले स्वस्थ रहनका लागी खानपान र उठबसमा ध्यान दिन सुझाएका थिए । वक्ताहरुले कोभिड १९ बाट बच्न सचेत हुनुपर्ने भएपनि धेरै त्रसित भने नहुन सवैमा अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयकी सचिव लक्ष्मी राना, उरहरी स्वास्थ्य चौकी वेल्टाकुराका ईन्चार्ज चित्रवहादुर वलीलगायतले वडा कार्यालयले सञ्चालन गर्ने जेष्ठ नागरिक लक्षीत कार्यक्रमहरुबाट अधिक्तम लाभ लिन अनुरोध गरेका थिए । कार्यक्रमको सहजिकरण उरहरी स्वास्थ्य चौकीका एचए यज्ञवहादुर केसीले गरेका थिए ।
