शाह दम्पतीद्धारा तीन महिनाको घरभाडा छुट
शिवराज खनाल
लमही,१९ असार । लमहीमा एक घरवेटीले आफ्नो घरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको तीन महिनाको घरभाडा नलिने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाह र श्रीमान मोहन कुवरले आफ्नो घरमा बस्ने र व्यवसाय गर्दै आएका व्यवसायीलाई तीन महिनाको घर भाडा छुट गरेका छन ।
पत्रकार लिला शाह र मोहन कुवरले देउखुरीको लमहीस्थित आफ्नो घरको ९ वटा कोठाको भाडा ३ महिनाका लागि छुट गरि दिएका हुन् । ९ वटा कोठाको ३ महिनाको भाडा १ लाख २० हजार रुपैया हुने गरेको थियो ।
पत्रकार शाहले आफ्नो घरमा ब्यबसाय गर्दै आईरहेका व्यापारीसँगै अन्य कोठा भाडामा बस्नेहरुको पिरमर्का बुझी घर भाडा नै छुट गरेको बताएकी छिन । लकडाउनमा व्यापारीहरु अत्यन्तै पिरमर्कामा रहेको र व्यापारी हरुको मनोबल उकास्नका निम्ति ३ महिनाका लागि घरभाडा नलिने बताईन ।
घरमा होटल ब्यबसाय गर्दै आईरहेका रामप्रसाद पौडेलले ब्यापार शुन्य अवस्थामा घरवेटीले गरेको छुटले आफुहरुलाई ठूलो राहत भएको बताएका छन ।
पत्रकार शाहको दम्पतीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर स्थित रहेको घरको भाडापनि पुरै छुट गरिदिएका छन् ।
पत्रकार लिला रेडियो हाईबे एफएमकी समाचार सम्पादक हुन् ।
