वडाध्यक्ष डाँगीको अबस्थामा क्रमिक सुधार : अनिता देवकोटा
काठमाडौं, १९ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नं.२ का वडाध्यक्ष फर्साराम डाँगीको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक अनिता देवकोटाले जानकारी लिएकी छिन् । काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत डाँगीको अवस्था बुझ्न देवकोटा शुक्रबार विहान पुगेकी थिइन् । डाँगीको स्वास्थ्यमा क्रमिक सुधार आएको देबकोेटाले जानकारी दिइन । डाँगीलाई विप्लव पार्टीको एक समूहले गएको मंगलवार दिनदहाडै कार्यकक्षमै प्रवेश गरी आक्रमण गरेको थियो ।
