Goraksha

National Daily

दाङमा प्रजातान्त्रीक सम्पर्क महासंघ गठन

दाङ १७ असार । नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघको दाङ जिल्ला शाखा गठन गरिएको छ । बुधबार महेन्द« वहुमुखी क्यापम्स दाङका प्राध्यापक प्रकाश श्रेष्ठको अध्यक्षतामा १७ सदस्सिय नयाँ कार्यसमीती गठन गरिएको हो । लोकतन्त्रमा बिश्वास राख्ने व्यवसायी तथा पेशाकर्मीहरूको संगठनका रुपमा गठित उक्त संस्थाले लोकतान्त्रिक संरचनाहरुको प्रबद्र्धन र लोकतान्त्रिक पद्दतिको निरन्तरताका लागि काम गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नवगठीत समीतीमा विभीन्न पेशा व्यवसायमा आवद्ध व्यक्तीहरुको सहभागीता रहेको छ । समीतीको उपाध्यक्षमा वसन्धरा गौतम, सचीवमा शिशिर अधिकारी, सहसचीवमा जागेश्वर खडका, र कोषाध्यक्षमा सरोज शाहा रहनु भएको छ । यसैगरि समीतीको सदस्यहरुमा डा.चेतनारायण पान्डे, विलोचन चौधरी, जानुका के सी, ज्ञानबहादुर रायमाझी, विवेक खडका, दल वहादुर थापा, चित्र वहादुर नेपाली, नारायण डाँगी, शुष्मा चन्द, खडगबहादुर थापा, हरिबहादुर कुवर र जवरुद्धिन राइन रहनुभएको छ । यसैगरि समीतीको सल्लहाकारमा नेपाली काग्रेस दाङका जिल्ला सभापती किर्तीवहादुर खडका, प्रा.डा.अर्जुन वुढाथोकी र पत्रकार विपुल पोख्रेललाई सल्लहाकारमा चयन गरेको छ । सल्लहाकार समिती सात सदस्य रहने र उक्त समितीमा अन्य सदस्य थप गर्ने पनि आजको वैठकले निर्णय गरेको छ ।

नवगठीत समितीकोे पहिलो वैठकले विभीनन निर्णयहरु पनी गरेको छ । समितीका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघको केन्द«ीय समीतीलाइ धन्यवाद दिएको छ । यस्तै वैठकले संस्थाको क्षेत्रिय समिती, नगर र वडा समीती गठन गर्ने निर्णय गरेको छ । यस्तै वैठकले कोभीड १९ को सक्रमणका कारण ज्यान गुमाएका स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइप्रती समवेदना व्यक्त गरेको छ भने संक्रमितको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । यस्तै वैठकले शान्ती नगर गाउपालीका वर्डा न २ का वडा अध्यक्ष फर्साराम डाँगी माथी भएको सांघातीक हमलाको घटनाको निन्दा गर्दै शिघ्र स्वास्थय लाभको कामना गरेको छ । कार्यक्रमको सहजीकरण नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्यसमीती दाङका सचिव शिशीर अधिकारीले गर्नुभएको थियो ।