वैकल्पिक शिक्षणमा संबाद
दाङ, १६ असार । वैकल्पिक शिक्षण सिकाई, पहुँच र प्रभावकारिता बिषयक सरोकारवालासँग संवाद गरिएको छ । संवाद समूहको आयोजनामा भएको भर्चुअल संवादमा १० वटा स्थानीय तहको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अवस्था भिन्न भएको सहभागीहरुले बताएका थिए । क्षेत्र, भूगोल, विकटता, बिद्युत, सञ्चारमाध्यमको पहुँच, विपन्नताका कारण वैकल्पिक शिक्षण सिकाईमध्ये कोरोना भाईरसको त्रास र जोखिममा रेडियो, टेलिभिजन, भर्चुअल, घुम्ती कक्षा, अवस्थालाई बिश्लेषण गरी सामाजिक दूरी कायम गरी बिद्यालयमा कक्षा सञ्चालनको तयारीका भइरहेको जानकारी गराएका छन् ।
तर ४ प्रतिशत इन्टरनेट, ८० प्रतिशत रेडियोमा पहँुच र १६ प्रतिशत अन्य माध्यमको पहँुच भएको दाङमा अवस्था र आवश्यकतालाई मध्यनजरगरी कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए ।
भर्चुअल संवादमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवमणि चौधरी, राष्ट्रिय परीक्षा बोर्ड दाङका प्रमुख रामलाल खड्का, तुलसीपुर उमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतम, घोराहीका प्रमुख बिनोद गौतम, लमहीका प्रमुख रबिन्द्र क्षत्री, बबई गाउँपालिका प्रमुख मोहन दाहाल, शान्तिनगर गाउँपालिका प्रमुख घनश्याम वली, दंगीशरण गाउँपालिकाका बिनोद अधिकारी, गढवाका श्यामबहादुर बिक, राजपुरका केशव लम्साल, राप्ती गाउँपालिकाका विश्वास विक र बंगलाचुलीका ज्ञानेन्द्र ढकालले वैकल्पिक शिक्षण सिकाईको पहुँच र प्रभावकारिताका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै नेपाल सरकारका पूर्ब शिक्षा सहसचिव बिष्णुकुमार देवकोटा, शिक्षक महासंंंंघका जिल्ला अध्यक्ष अमर खड्का, प्याब्सन दाङका उपाध्यक्ष विजय जीएम, एन प्याब्सन दाङका अध्यक्ष विमल गौतम, शिक्षक अभिभाबक संंघका जिल्ला अध्यक्ष रुद्रमणि शर्मा, शिक्षा पत्रकार समूहका संयोजक गोपाल शर्मा भट्टराई, शिक्षिका सरिता देवकोटा, भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरेका शिक्षक भीमलाल मरासिनी, रेडियोको माध्यमबाट कक्षा सञ्चालन गरिरहेका शिक्षक निर्मल नेपाली, भर्चुअल कक्षामा सहभागी बिद्यार्थीका अभिभाबक लमहीका सपना पाण्डे, ज्ञानदीप तुलसीपुरमा अध्ययनरत अरुण रजौरेले संवादमा भाग लिएका थिए । संवादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेत र धन्यवाद सहजकर्ता सुष्मा गिरीले गरेकी थिइन् ।
