Goraksha

National Daily

महिला सामुदायिकद्वारा मावि बनगाउँमा भवन निर्माण

दाङ, १६ असार । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले मावि सेवार बनगाँउमा भवन निर्माण शुरु गरेको छ । केन्द्रले घोराही उपमहानगरपालिका वडा नं. १३ को बराहक्षेत्र मावि सेवार बनगाउँमा हल कोठाको निर्माण थालेको हो । केन्द्रले आफ्नै लगानीमा विद्यालयमा हल निर्माण गरिरहेको केन्द्रका संस्थापक अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक विमला योगीले बताइन् ।

विद्यालयमा शिक्षक र अभिभावकहरुका लागि मिटिङ हल एवं विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप गर्न सहयोग होस् भन्ने उद्देश्यका साथ सभाहल भवन निर्माणको काम शुरु गरेको उनले बताइन् । केन्द्र र जीवनका लागि एक डलरको लगानीमा हल भवनको निर्माण भइरहेको उनले बताइन् । ‘विद्यालयमा हलको आवश्यकता महसुश ग¥यौ त्यसैले नेपाल महिला सामुदायिक सेवा केन्द्रले विद्यालयमा हल निर्माणको काम गरिरहेका छौं’, योगीले भनिन्– ‘हल बनेपछि विद्यालयमा मिटिङ गर्नका लागि विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप गर्नका लागि सहज हुनेछ ।’ भवन निर्माणका लागि करिब १२ लाखको लगानी हुने उनले बताइन् । हल निर्माणसँगै विद्यार्थीहरुलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउनका लागि आधुनिक खानेपानी मेसिन जडान पनि गरिने उनको भनाइ छ । असार मसान्तसम्मका निर्माणको काम पूरा हुने केन्द्रका सामाजिक विकास अधिकृत एवं भवन निर्माण समितिका सदस्य सचिव लक्ष्मी गुप्ताले बताइन् ।