Goraksha

National Daily

आक्रमणकारीलाई तत्काल पक्राउ गर : गिरी

दाङ १६ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आपराधिक मनोबृत्ति भएका व्यक्तिहरुले बडाध्यक्ष डाँगीमाथि गरेको आक्रमणको निन्दा गर्दै अपराधीलाई तत्काल पक्राउ गरी कानुनी राज्यको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आफ्नै निर्वाचन क्षेत्रमा वर्तमान सरकारले आपराधिक गतिविधि नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको भन्दै गिरीको विज्ञप्तिमा सरकार शान्तिसुरक्षा कायम गर्ने सवालमा पूरै असफल भएको उल्लेख गरिएको छ । ‘दशबर्षे द्वन्द्वकालको सामना गर्दै सबै नागरिकलाई समानरुपमा सम्मान गर्दै मुलुक भर्खरै आर्थिक समृद्धि र सुशासनको बाटोमा लम्किरहेको अवस्थामा एउटा जनप्रतिनिधिमाथि दिनदहाडै भएको आक्रमणमा पनि सुरक्षा फितलो हुनु दुर्भाग्यको अवस्था हो’, केन्द्रीय सदस्य गिरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । साथै आक्रमणमा घाइते डाँगीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।