Goraksha

National Daily

वडा अध्यक्ष सहित २१ जनामा कोरोना

दाङ १६ असार । तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित जिल्लामा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको हो। सल्यानका दुईजनामा पनि कोरोना पुष्टि भएको छ । दाङका १० वटै स्थानीय तहका ५सय ८८ जनामा कोरोना देखिएको छ । यस अघि घोराही उपमहानगरपालिका वडा न २ का वडाअध्यक्ष र बगलाचुली गाउँपालिका दुइ जना वटा वडाध्यक्षमा कोरोना पुुष्टि भएको थियो ।