Goraksha

National Daily

देउखुरीमा मकैमै बस्यो सलह

दाङ १६ असार । देउखुरी क्षेत्रमा सलहले क्षती पु¥याउन थालेको छ । ठूलो समूहमा मकै बारीमा सलह बसेपछि स्थानीयले थाल बजाउँदै, हल्ला गर्दै सलह भगाउने कोशिस गरिरहेका दृष्यहरू सामाजिक सञ्जालमा देखिएका छन् ।

लमही नगरपालिकाको वडा न ८ को भौका र निम्बुखुट्टीमा कृषकले लगाएको मकैवालीमा सलहले क्षती गरेको छ । ‘सलहको क्षतीको बारेमा गाउँवाट जानकारी आउन सुरु भएको छ’ लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भने ‘क्षतीको बारेमा जानकारी लिने काम शुरु भएको छ ।’ प्रमुख केसीका अुनसार सलहले सवैभन्दा क्षती भौकाका पुराएको समेत वताए । ‘अझै ठुलो संख्यामा सलह यतै छ’ प्रमुख केसीले भने ।