Goraksha

National Daily

परिवार नियोजन संघद्वारा चारदिनका लागि सेवा बन्द

दाङ,१५ असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाले चार दिनका लागि आफ्नो सेवाहरु बन्द गरेको जनाएको छ ।

सोमवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका क्रममा नेपाल परिवार नियोजन दाङ शाखामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि संघले असार १६ गतेदेखि असार १९ गतेसम्मका लागि सेवा बन्द गर्न थालेको हो ।

संघका शाखा प्रवन्धक बसन्त खनालले एक प्रेस विज्ञप्ति प्रकाशित गरि शाखाको परिवार स्वास्थ्य केन्द्र परिसर निर्मलीकरण गर्नुपर्ने, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाव परिक्षण गर्नुपर्ने भएकाले चार दिनकालागि सेवा बन्द गर्न थालेको जनाएको छ । असार २०  गते शनिवार भएकाले संघले आइतवारदेखि नियमित सेवा पुन दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।