खड्काको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

  •   
  •  

दाङ, १५ असार । नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ लुहाडबरा निवासी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदीप खड्का, बिनोद खड्का र अनन्त खड्काको आमा एवं शहीद डम्बरबहादुर खड्काकी धर्मपत्नी कृष्णाकुमारी खड्काको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवार शोक विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेका हुन् । ‘स्व. खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यो योगदानको नेपाली कांग्रेसले सधै स्मरण गर्नेछ’, कांग्रेस सपभाति देउवाले परिवारजनमा पठाएको शोक विज्ञप्तिमा उल्लेख छ । खड्काको असार ६ गते निधन भएको थियो ।