धानको उत्पादन बढाउनुपर्छ : मुख्यमन्त्री पोख्रेल

  •   
  •  

दाङ, १५ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कोभिड–१९ महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्न धानको उत्पादन बृद्धि गर्नुपर्ने बताएका छन् ।

सोमबार धान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गरी धानको उत्पादन बृद्धिमा सरकार लागि परेको बताए । ‘चामल निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्धरुपमा अघि बढिरहेको छ ।

त्यसका लागि खेतीयोग्य भू–भागमा सिचाईको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउ–बिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एवं यान्त्रिकीकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको छ’, शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री पोख्रेलले केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयात गरिरहेकोले अब यसको प्रतिस्थापन गर्नुपर्ने गरेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।