दंगीशरणमा दुई जनामा कोरोना संक्रमण पुष्टि

  •   
  •  

दिप्तीशिखा चौधरी
दंगीशरण, १५ असार । दंगीशरण गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पालिकाका दुई जनामा संक्रमण भेटिएको पुष्टि भएको हो ।

दंगीशरण गाउँपालिका वडा न ५ र ६ का दुई जना महिलाहरुमा कोरोना संक्रमण भेटिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिएका छन् । उनीहरु भारतबाट आएको खुलेको छ । उनीहरुलाई दंगीशरण गाउँपालिका विरेन्द्र माविको क्वारेनटाईनमा बस्दै आएका थिए ।

यहि असार ५ गते गाउँपालिकाको दुई क्वारेन्टाईनमा रहेका ६५ जनाको स्वाव परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको गिरीले बताए । उनीहरुलाई आज नै बेलझुण्डी पठाउँने तयारी भईरहेको छ । दंगीशरणको दुई क्वारेन्टाईनमा गरी अहिले ९२ जना रहेका छन् । दंगीशरण्को क्वारेनटाईनमा भर्ना हुनेको संख्या २ सय ८३ जना पुगेको छ ।