Goraksha

National Daily

होलेरीमा सार्बजनिक सुनुवाइ 

सन्तोस शर्मा

होलेरी, असार १४ । अस्ट्रेलियन एड्को आर्थिक सहयोग आड्रा नेपाल,रुपान्तरण तथा ग्रामीण बिकास तथा चेतना समाज नेपालको साझेदारीमा संचालित कृषि तथा जिबिकोपार्जन प्रबर्धन परियोजनाको बार्षिक समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम रोल्पाको होलेरिमा सम्पन्न भएको छ ।

रुन्टिगढि गाउँपालिकाको हलमा हिजो भएको उक्त कार्यक्रममा परियोजनाको बार्षिक कार्यक्रम तथा आर्थिक रुपमा प्रस्तावित बजेट तथा खर्च विवरण प्रस्तुत गरिएको थियो । गापा अध्यक्ष बालाराम बुढा,उपाध्यक्ष छमाया पुन,प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी जिएम ९ वडाका वडा अध्यक्ष, होलेरी क्षेत्रका सेवाप्रादयक समुहका किशानहरु, पत्रकार लगायतको सहभागितामा प्रस्तुत भएको आर्थिक बर्ष ०७६/०७७ को लेखापरीक्षणमा परियोजनाले यस बर्ष ३१ लाख १४ हजार ५ सय ५५ रुपैयाको बजेट्को अनुमान गरेकोमा विभिन्न शिर्षकमा ३० लाख ९१ एकानब्बे हजार १८ रुपैया खर्च भएको छ । रुडास नेपालका अध्यक्ष बिनोद रिजालको अध्यक्षतामा भएको उक्त सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागीले आ-आफ्ना जिज्ञासा् राखेका थिए भने उठेका प्रश्नको जवाफ सङै परियोजनाका बारे थप जानकारी सस्थाका कार्यकारी प्रमुख सोभाराम डाङिले गराउनुभएको थियो । सुबास चन्दले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमका बारे परियोजनाका पालिका समयोजक बासुदेब पोख्रेलले सबैलाई प्रस्ट पार्नुभएको हो ।