कुलोले बगाउँदा २ बर्षीया बालिकाको मृत्यु
दाङ,१५ असार । दाङमा कुलोले बगाउँदा एकजना बालिकाकोे मृत्यु भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा बस्दै आएका मानसिङ विककी २ बर्षकी छोरी एलिशा विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनका आइतवार साँझ घरबाट खेल्न बाहिर निस्किएको बेला मानपुर कुलाले बगाएको थियो ।
बालिका घरबाट निस्किएकको लामो समयसम्म नआएपछि खोजी गर्दा कुलोमा मृत्यु अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिएका छन् ।
