देउखुरीमा डस्टबिन वितरण
शिबराज खनाल
लमही १४ असार । लमही खानेपानिको आयोजना तथा डिभिजन बन कार्यालय देउखुरीको आर्थिक सहयोगमा लमहीमा रहेका बिभिन्न सार्बजनिक सरोकारवाल निकायहरुलाई बाताबरणीय गाउँनगर सरसफाई कार्यक्रम अन्तर्गत आइतबार एक कार्यक्रमका बिच फोहर संकलनगर्ने डस्टबिन प्रदान गरिएको छ ।
आइतबार डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीले सार्बजनिक सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलाई उक्त सामाग्री प्रदान गरेका हुन् ।
कार्यक्रम अन्तर्गत देउखुरी बहुमुखि क्याम्पस र आर्दश नमुना माध्यमिक बिधालयलाई तिन तिन थान, सत्यसाई केन्द्र लमहीलाई एक थान ब्रम्हकुमारी ईश्वरीय बिश्वबिधालय ओम शान्तिलाई दुई थान, लमहीमा रहेका रेडियो हाईवे, रेडियो देउखुरी र रेडियो नया युग, मनकामना महिला बचत तथा ऋण सहकारी सस्था, बिर भक्तीथापा स्मृति पार्क, लमही नगरपालिका स्तरिय जेष्ठ नागरिक सजाल, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमहीलाई दुई थान र अन्यलाई एक एक थान गरि २१ थान फोहर सकलन गर्ने, प्लाष्टिकको डस्टबिन उपलब्ध गराईएको हो ।
कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीले डिभिजन बन कार्यालय देउखुरीले बनसगै जैबिक बिबिधता र बाताबरण सरसफाईको क्षेत्रमा काम गर्दै आएको र स्थानीय सरकारले यस प्रती ध्यान दिन समेत बताए । बिडारीले सार्बजनिक निकाय सग सहकार्य गरेर बन बाताबरण र जैबिक बिबिधताको क्षेत्रमा कृयाशिल रहने समेत प्रतिबद्धता ब्यक्त गरे ।
लमही खानेपानिका अध्यक्ष दन्डिराम चौधरीको अध्यक्षता तथा डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले स्वास्थ्य र सरसफाई मानब जिबनको प्राण भएकोले आफ्नो प्राण जोगाउन सबैले आफ्नो ब्यक्तीगत, घरायसि र बाताबरणिय क्षेत्रको सरसफाईमा ध्यान दिन जरुरीरहेको बताए ।
सस्थाकि उपाध्यक्ष लिलाशाहको बिषय प्रबेश तथा स्वागत मन्तब्यबाट शुर भएको कार्यक्रममा लमही नगरपालिका स्तरिय जेष्ठनागरिक सजालका अध्यक्ष जागेश्वर शर्मा घिमिरे, भक्तीथापा स्मृति पार्कका अध्यक्ष निम बहादुर थापा, रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरे लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण लमही खानेपानीका सचिब सनम कुमार पौडेलले गरेका थिए ।
